उपाध्यायका ७ गीति कविता

काठमाडौं । गीतकार तथा साहित्यकार डा. डिआर उपाध्यायले फरक शैलीका ७ वटा गीति कविता सार्वजनिक गरेका छन् । गिनिज अफ वल्र्ड रेकर्डसहित विश्वका चर्चित ५२ वटा विधामा यसअघि विश्व रेकर्ड कायम गरेका गीतकार तथा साहित्यकार उपाध्यायले मंगलबार सार्वजनिक गरेका ७ वटा गीति कवितालाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गर्दैछन् ।

यसपटक उनले सार्वजनिक गरेको गीति कवितामा विश्वका ११० म्युजिक ब्यान्डको नाम समेटिएको गीति कविता, हामी शब्द ६० पटक समेटिएको गीति कविता, १७० मोवाइल फोनको नाम समावेश गरिएको गीति कविता, ५३ विभिन्न प्रजातिको कुकुरको नामबाट तयार गीति कविता, संसारका प्रचलित ४१ वटा ह्याट–क्वापको नाम समेटिएको गीति कविता, शब्दको अन्त्यमा ४३ यो अक्षर समावेश गरी बनाइएको गीति कविता, विभिन्न गाडीका ६० वटा मोडलको नामबाट तयार गरिएको गीति कविता सार्वजनिक गरेका हुन् । यी गीति कवितालाई पनि उनले केही दिनमै विश्व रेकर्डमा समावेश गर्ने जनाएका छन् । उनले अर्को महिनाभित्र करिब ६० वटा विश्व रेकर्ड पु¥याउँदैछन् ।

प्रतिक्रिया