चिनु र आकृतीको तिज कोसेली ‘मेरी सासु बजै’ सार्वजनिक

काठमाडौं । लोकदोहोरी गायिका चिनु घर्तीमगर र आकृती लामाले तिज कोसेली ‘मेरी सासु बजै’ बोलको गीत ल्याएका छन् । चिनुको आफ्नै शब्द सिर्जना र संगीत रहेको गीतमा गायिका आकृती र चिनुकै युगल आवाज रहेको छ ।

सुरज लामिछानेले संगीत संयोजन गरेका हुन् । गायिका चिनुकै अफ्नो युट्युब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक भएको छ । सुमन थापा मगरले निर्देशन गरेको भिडियो सन्तोष बश्यालले छायांकन गरेका हुन् ।

त्यसैगरी ममता कोइराला, सिर्जना मगर र नविन मगरले उक्त भिडियोमा अभिनय गरेका छन् । हिन्दु नारीहरुको महान पर्व हरितालीका तिज नजिकै आइरहेको अवसर पारेर सासु र बुहारीको भावनालाई उठान गरेर गीत ल्याएको गायिका चिनुले बताइन् ।

उक्त गीतमा सासु र बुहारीले एकआपसमा गर्ने व्यवहार तथा क्रियाकलापका शब्द समावेश गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया