अनुमाथि संगीत चोरीको आरोप

मुम्बई । बलिउडका चर्चित संगीतकार अनु मलिकमाथि संगीत चोरीको आरोप लागेको छ । उनीमाथि बेलाबेलामा संगीत चोरी गरेको आरोप लागेको थियो । पछिल्लो पटक संगीत चोरी गरेको भन्दै सामाजिक सञ्जालमा उनी ट्रोल बनिरहेका छन् । मलिकले कम्पोज गरेको एक गीतको संगीत इजरायलको राष्ट्रिय गानको संगीतसँग मिलेको भन्दै उनलाई ट्रोल बनाइएको हो ।

टोकियो ओलम्पिक्समा इजरायलका खेलाडी डा‘ल्गोपायटले गोल्ड मेडल जितेपछि इजरायलको राष्ट्रिय गीत ‘हातिकवाह’ बजाइएको थियो । यसको संगीत सुन्नासाथ भारतीयले सन् १९९६ मा रिलिज भएको चलचित्र ‘दिलजले’ को गीत ‘मेरा मुल्क मेरा देश’ लाई सम्झिए । यी दुवैको संगीत एउटैजस्तो लाग्छ । यसपछि सामाजिक सञ्जालमा मलिकलाई ट्रोल बनाइरहेका छन् ।

मलिकले आफ्नो करिअरमा एकसय एक सुपरहिट गीत दिएका छन् । तर पनि उनलाई चोरीको आरोप बेलाबेलामा लागदै आएको छ । संगीत चोरीका साथै उनलाई नेहा भसिन, श्वेता पंडित र सोना महापात्रा लगायतका गायिकाले यौनहिंसा गरेको आरोपसमेत लगाएका थिए ।

प्रतिक्रिया