हक्कीमा भारतलाई हराउँदै बेल्जियम फाइनलमा

टोकियो । ओलम्पिक अन्तर्गत पुरुष हक्कीको सेमिफाइनलमा भारत पराजित भएको छ । विश्व च्याम्पियन बेल्जियमले भारतलाई ५–२ ले हराएको हो । हाफ टाइमसम्म दुबै टिमले २–२ गोलको बराबरी खेलेका थिए । त्यसपछि चौथो क्वाटरफाइनलमा बेल्जियमले लगातार तीन गोल ग¥यो । भारतका लागि ओलम्पिकमा बेल्जियमको सामना गर्नु सबै मुस्किलपूर्ण रहँदै आएको छ ।

२०१२ को लण्डन ओलम्पिकमा बेल्जियमले भारतलाई ३–० ले हराएको थियो । त्यसैगरी २०१६ को रियो ओलम्पिकमा ३–१ ले हराएको थियो । लण्डनमा समूह चरण र रियोमा क्वाटरफाइनलमा यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । अब कास्य पदकका लागि भारतले अस्ट्रेलिया र जर्मनीमध्ये एकको सामना गर्नेछ । यस प्रतिस्पर्धा जित्न सकेमा भारतीय पूरुष टिमलाई ४१ वर्षपछि ओलम्पिक पदक प्राप्त हुनेछ ।

बेल्जियमको टिम यस ओलम्पिकमा सर्वाधिक गोल गर्ने टिम हा । उसले अहिलेसम्म ३४ गोल गरिसकेको छ । सेमिफाइनलमा पनि यस टोलीका खेलाडीहरु निकै लयमा देखिए । त्यसैगरी डिफेन्समा बेल्जियमलाई विश्वकै बलियो टिम मानिन्छ । त्यसको प्रमाण यस ओलम्पिकमा पनि देखियो । उसले अहिलेसम्म सबैभन्दा कम १० गोल खाएको छ । जारी ओलम्पिकमा सेमिफाइनलसम्म १८ गोल गरेको भारतले १४ गोल खाएको छ ।

प्रतिक्रिया