स्याङ्जा सहयोग समाज युएई (दुबई) को क्षेत्रीय अधिवेशन सम्पन्न

काठमाडौं । युएईको वर दुबईस्थित लुम्बिनी होटेलमा दुबई क्षेत्रीय समितिको अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय समितिका सांगठनीक विभाग प्रमुख दिपक न्यौपानेको संयोजकत्वमा यही साउन १५ गते शुक्रबारका दिन १३ सदस्य कार्यसमिति बनेको हो ।

नयाँ कार्यसमितिको अध्यक्षमा जनक पाण्डे, उपाध्यक्षमा कृष्णप्रसाद भट्टराई, सचिवमा हेमराज भण्डारी, सहसचिव कृष्णा न्यौपाने र कोषाध्यक्षमा राजु गैह्रे रहेका छन् । यसैगरी सदस्यहरुमा क्रमशः मिना न्यौपाने, मिना भण्डारी, शंकर भट्टराई, खिमराज रेग्मी, टीका भण्डारी, धनप्रसाद लामिछाने, उमा पोख्रेल र प्रकाश भण्डारी रहेका छन् ।

निर्वाचित क्षेत्रीय समितिका सदस्यलाई हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना १९–२१ कार्यकालका केन्द्रिय महासचिव जीवन पंगेनीले दिएका थिए । १९–२१ कार्यकालका केन्द्रिय महासचिव पंगेनीले भने, ‘सम्पूर्ण तपाईंहरुको मायाले दिनुभएको महासचिव जस्तो गरिमामय पदमा बसेर काम गर्ने मौकाको लागि धेरै धन्यवाद ।’

साथै उनले आफ्नो कार्यकालमा सबैको साथ मिल्ने अपेक्षासहित संस्थाको उन्नति र प्रगतिको लागि दिगोज्यान दिएर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे । त्यसैगरी स्याङ्जा सहयोग समाज युएईको केन्द्रिय अधिवेशन पनि जुलाई २० तारिकमा हुने जानकारी संस्थाका वर्तमान अध्यक्ष प्रेमराज भण्डारीले दिए ।

प्रतिक्रिया