खोजखबर

कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चार सांसदमाथि एमालेले गरेको कारबाही सर्वोच्चद्वारा सदर

सौर्य अनलाइन २०७८ साउन १८ गते १७:५० मा प्रकाशित

काठमाडौं । कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने एमालेका चार सांसदमाथि पार्टीले गरेको कारबाहीलाई सर्वोच्च अदालतले सदर गरेको छ ।

निवर्तमान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसअघि भएको अन्तरिम आदेश खारेजीको माग गर्दै दिएको भ्याकेटमा सुनुवाइ गर्दै अज सर्वोच्चले कारबाही सदर गरेको जनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले भ्याकेट निवेदकको माग बमोजिम हुने फैसला गरेको सर्वोच्च स्रोतले जनाएको हो ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीले फ्लोर क्रस गरेर मत दिएकै कारण कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगिएको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय