लागूऔषधसहित लहानबाट एक युवक पक्राउ

लहान । लहान प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवराजपुर गाउँपालिका –५ सिरहाका २६ वर्षीय प्रभुनारायण सिंह रहेका छन् । सिंहलाई लहान नगरपालिका – १ बाट लागूऔषधसहित पक्राउ गरिएको सूचना अधिकारी बुढाथोकीले जानकारी दिए ।

को २६ प १८९ नम्बरको मोटरसाइकलमा सबार सिंहलाई आईतबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार सि।हको साथबाट ४ हजार ७ सय ४० थान नाइट्राभेट ट्याब्लेट, १९४ एम्पुल डाइजेपाम, १९४ एम्पुल फेनारगन, ७ बोतल डाइलेक्स डिसी र नाम लेबल नभएको १९४ एम्पुल लागूऔषध बरामद भएको छ ।

पक्राउ परेका सिंहलाई इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डीआईजी डा. तपन कुमार दहालले जानकारी दिए ।

प्रतिक्रिया