वीर अस्पतालको प्रमुखबाट हटाइए जागेश्वर गौतम

डा.जागेश्वर गौतम

काठमाडाैं । कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतम हटाइएका छन् । स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरीय निर्णय गर्दै गौतमलाई हटाएको हो। उनको स्थानमा ट्रमा सेन्टरका डा रुद्र मरासिनीलाई पठाइएको छ ।

यसअघि स्वास्थ्य मंत्रालयको प्रवक्ताको रूपमा गौतम सबैको नोटिसमा परेका थिए । वीरको प्रमुख प्रशासकीय अधिकारीबाट हटाइएपछि उनले आफूलाई काम गर्न नदिइएको गुनासो गरेका छन् । तर उनी उपकरण खरिदमा सेटिङ गरेकोदेखि प्रहरी प्रशासन लगाएर स्वास्थ्यकर्मी, कर्मचारीलाई कुटाएको आरोप समेत छ । आइतबार त्यहाँका कर्मचारी आन्दोलनमा उत्रिएका थिए ।

गौतमलाई गत जेठ १० गते प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको थियो। गौतमलाई हाल थापाथलीस्थित प्रसूती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ । उनले मंगलबारदेखि नै प्रसूती अस्पतालको जिम्मेवारी सम्हाल्ने बताएका छन् ।

प्रतिक्रिया