तीन हजार १२५ संक्रमित थपिए, एक हजार ९२५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा गएको २४ घन्टामा तीन हजार १२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार आज १३ हजार ८११ जनामा परीक्षण गर्दा तीन हजार १२५ जनामा संक्रमण देखिएको हो ।

यस्तै गत २४ घण्टामा एक हजार ९२५ जना यो संक्रमणबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म छ लाख ५८ हजार १२२ जना यो संक्रमणबाट मुक्त भएका र निको हुने दर ९४।१ प्रतिशत रहेको छ । यस्तै गएको २४ घण्टामा संक्रमणबाट २३ जनाको निधन भएको छ ।

आज निधन भएकासँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट नौ हजार ८९८ जनाको ज्यान गएको छ । हाल सघन उपचार कक्ष (आइसियु) मा ६९० जना र भेन्टिलेटरमा १७५ जना उपचार गराइरहेका पनि मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया