सूर्य चिन्हबाट चुनाव लडेकाले म एमाले संसदीय दलमै छु : सांसद विमला वली

बुटवल । लुम्बिनी प्रदेशकी सांसद विमलाकुमारी खत्री (वली)ले आफू एमाले संसदीय दलमै रहेको बताएकी छन् । नेकपा पार्टी छदा सूर्य चिन्हबाट चुनाव जितेकी उनले पार्टी विभाजनपछि माओवादी केन्द्र रोजेको बताएकी थिइन् ।

वलीले सोमबार प्रेस विज्ञप्ती निकाल्दै आफू सूर्य चिन्हबाट चुनाव लडेकाले पार्टी विभाजन भएपनि एमालेमै बस्ने निर्णय गरेको बताएकी छन् । विज्ञप्तीमा प्रदेश सभामा रहँदा सुरुमा पार्टीप्रति केही गुनासा र अविश्वास भएपनि ती गुनासा र अविश्वासलाई विश्वासमा बदल्दै एमाले पार्टी र एमाले प्रदेशसभा संसदीय सदस्यको सदस्यकै रुपमा रहने प्रतिबद्धता जनाएकी हुन् ।

एमाले छोडेर माओवादी केन्द्रमा जाने कुरा कानुनी रुपमा ठिक नभएको र पार्टी विभाजनपछि एमाले संसदीय दलकै बैठकमा सहभागी भएकाले भ्रममा नपर्न समेत आग्रह गरेकी छन् ।

प्रतिक्रिया