‘जम्काभेट’ विमोचित

काठमाडौं । मोतिराज खनाल र चुमान काउछाको तीज गीत ‘जम्काभेट’को विमोचन गरिएको छ । जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राईले गीत विमोचन गर्दै मौलिक गीतले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए । उनले पछिल्लो सयम विकृतिजन्य गीत बजारमा आइरहेकाले ती गीतलाई सरकारले नियमन गर्नुपर्नेमा जोड दिए । महासंघका महासचिव प्रेमनाथ अधिकारीले भाषा, कला संस्कृतिको विकास, संवद्र्धन र उत्थानमा महासंघले निरन्तर काम गरिरहेको जनाउँदै स्रष्टाको वृत्तिविकास र सम्मानमा कुनै कमि नराखिने जिकिर गरे ।

कार्यक्रममा विशाल मिश्रले खनाल कुशल कलाकारका रुपमा स्थापित भइसकेकाले आगामी दिनमा अझै उत्कृष्ट खालका प्रस्तुति पस्कन आग्रह गरे । समाजसेवी ऋषिराम भुसालले राज्यले कलाकारलाई उचित ढंगले सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा कलाकार, पत्रकार तथा विभिन्न क्षेत्रमा योगदान गर्ने करिब एक दर्जन व्यक्तिलाई सम्मान गरिएको छ । गीतमा खनाल, काउछा र आशा बिसीको स्वर रहेको छ । लय, शब्द खनालकै छ भने एरेञ्ज काउछाले गरेका छन् ।

गीतको भिडियो निर्देशन सुमन सागरजंग केसीले गरेका हुन् । भिडियोमा निर्देशक केसी, बबिता श्रेष्ठ, सौगात मिश्र, काफिया ढकाल, केशव पाण्डे र गायक खनालले लगायतको अभिनय छ । गीतलाई मञ्जरी क्रिएसन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यसअघि खनालका ‘जुनीजुनी सँगै बाचौँला’, ‘ऋण बढेर दोब्बर भइसक्यो’, ‘सँगै सुते लाग्छ गोडामा’, ‘लाली गुराँस फुल्यो मायालु’, ‘क्या राम्री पुतली’, ‘मामा घर’, ‘सधै तमासा’ र ‘के जवाना आयो बरिलै’ लगायतका गीत बजारमा आएका छन् ।

प्रतिक्रिया