हामी उत्पादक बन्ने कि उपभोक्ता मात्रै ?

केबी बस्नेत

अहिले केही नेपाली कम्पनीहरूले भारतमा उत्पादन बेच्न सक्ने क्षमता देखाएका छन् । वाइवाइ र गोल्डस्टार जुत्ता दुई उदाहरण हुन् । दुवै बिस्तारै बढ्दै गरेका छन्, दुवैको विस्तारमा केही ‘जिनियस‘ जनशक्तिको हात छ । गोल्डस्टार जुत्ता त नेपाली कच्चा पदार्थमा निर्भरसमेत छैन । वाइवाइ आफैं विदेशी प्रविधि र विदेशी ब्रान्ड थियो । गोल्डस्टार जुत्ताको प्रविधि पनि विदेशी नै हो ।

सरकारले जतिसुकै स्वरोजगारीको कुुरा गरे पनि व्यवहारमा नेपाली युवाहरूलाई वैदेशिक रोजगारीमा जान प्रत्यक्ष वा परोक्ष रूपमा प्रोत्साहित गरी नै रहेको छ । यसैले केही वर्षयता विपे्रषण भित्रिने क्रम निरन्तर रूपले जारी छ । युवाहरूले पठाएको विप्रेषणले विदेशी मुद्राको सञ्चिति बढेको छ । जसले गर्दा एकतिर आवश्यक विदेशी वस्तु तथा सेवा खरिद गर्ने क्षमता बढेको भने अर्कोतिर विभिन्न वस्तुहरूको उपभोग बढ्दा भन्सार कर बढेर सरकारको आय बढेको छ ।

विगत केही वर्षदेखि सरकारले विद्यमान युवाशक्तिलाई परिचालन गरेर देशलाई समृद्धितर्फ अग्रसर गराउन नसकेकोले वैदेशिक रोजगारीमा जाने परम्परा अवरुद्ध भएको छैन । केही वर्षयता हाम्रो अर्थतन्त्र चलायमान बनाउन वैदेशिक रोजगारीले महत्वपूर्ण भूमिका खेलेको छ । वर्तमान समयमा वैदेशिक रोेजगारीमा जाने युवाहरूको संख्या केही घटेको छ । कोरोनाको खोप भित्रिएसँगै श्रम गन्तव्य मुलुकहरूमा पनि यसको प्रयोग दिनप्रतिदिन बढिरहेको छ । सरकारले हालसम्म पनि स्वदेशमा पर्याप्त रोजगारीको अवसर सिर्जना गर्न नसकेकोले भविष्यमा वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्या पुनः बढ्ने सम्भावना छ । गत असोज १४ गते श्रमिक आपूर्तिबारे नेपाल र इजरायलबीच श्रम सम्झौता भएको थियो । पाँच सय श्रमिक पठाउने विषयमा समेत दुई देशबीच श्रम संझौता हुनुले नेपाल वैदेशिक रोजगारीलाई प्रोत्साहन दिन चाहन्छ भन्ने पुष्टि भएको छ ।

अल्पकालका लागि विप्रेषणले नेपालको अर्थतन्त्र धान्नु स्वभाविक हो । परन्तु दीर्घकालमा यसमा भर पर्नु भने राम्रो मानिँदैन । वास्तवमा नेपालको युवा श्रमशक्ति विदेशमा बेचिन्छ, जहाँबाट भित्रिएको विप्रेषणको रकम फेरि विदेशमा उत्पादित वस्तु खरिद गर्न प्रयोग गरिन्छ । यसबाट अन्य देशमाथिको परनिर्भरता बढेको छ । युवाहरू वैदेशिक रोजगारीमा जान थालेपछि विप्रेषण रकम त बढ्यो, तर श्रमको कमीले कृषि उत्पादन घट्यो । यति मात्र होइन, विप्रेषण निरन्तर रूपले भित्रिन थालेपछि हाम्रा धेरै घर परिवारले कृषिकर्म नै छोडे । यसको कारण यहाँको आयात बढ्यो, निर्यात घट्यो र बस्तु व्यापार घाटामा वृद्धि भयो ।

नेपालको अर्थतन्त्रमा विप्रेषणले झण्डै ३० प्रतिशत योगदान दिइरहेको छ । विशेषतः केही वर्ष यता यसले यहाँको अर्थतन्त्र धानिरहेको छ । कुनै दिन वैदेसिक रोजगारी रोकिएमा वा त्यसमा कुनै समस्या आएमा नेपालको अर्थतन्त्र धराशायी हुनेछ । विदेशमा एक जनाले कमाएको पैसाले यहाँ परिवारका पाँच÷६ जनालाई धान्नु परेको छ । तर दुःखको कुरा त के छ भने विदेशमा कडा परिश्रम गरेर कमाएको अधिकांश रकम यहाँ गाडी, मोटरसाइकल, मोबाइल, घडी, टेलिभिजन, सुनचाँदीका गरगहना, विदेशी मदिराजस्ता क्षेत्रमा खर्च गरिन्छ । यी वस्तुहरू प्रायः विदेशमा उत्पादन हुनाले विप्रेषणको ठूलो हिस्सा विदेशमा जान्छ । भविष्यमा पनि यस्तै स्थिति विद्यमान भएमा हामी सधँै उपभोक्ता भएर जिउनेछौँ, उत्पादक भएर होइन ।

एक आधिकारिक तथ्यांकअनुसार नेपालमा खाद्यान्न, कपडा र अन्य उपभोग्य वस्तुहरूको खरिदमा झण्डै ७२ प्रतिशत आम्दानी खर्च हुन्छ । यी वस्तुहरू विदेशबाट आयात गरिने हुँदा प्रत्येक वर्ष परनिर्भरता वृद्धि भई परजीवी अर्थतन्त्र मौलाइरहेको छ । यसबाट नेपालको हरेक क्षेत्रमा नकारात्मक प्रभाव परिरेको छ ।

के हाम्रो देशको भाग्यमा सम्पन्न बन्न लेखेको छ ? हामी सम्पन्न बन्न सक्छौँ, तर सम्पन्नताका औजार के हुन् भनेर चिन्नुपर्छ र त्यो हासिल गर्न जरुरी हुने युद्धकलामा हामी श्रेष्ठ बन्न सक्नुपर्छ । चिनियाँ पुराना समरविज्ञ लेखक सुन चुले भनेजस्तै युद्ध एक कला हो; अहिले यो कलामा कडा मिहिनेत र पद्धतिगत रूपमा हासिल गरिएको ज्ञानले मात्र विशेषज्ञता हासिल गर्न सकिन्छ । हामी यति कुरामा विश्वास भने गरौँ— नेपाल एकीकरणको बेला आर्थिक रूपमा हरितन्नम गोर्खाले पहाडमुनिका पचासौँ राज्यमा आधिपत्य जमाउन सकेको थियो भने अहिले हामी पनि सही खालको विशेषज्ञताको विकास र प्रयोगले सम्पन्न हुन सक्छौँ ।

अहिले केही नेपाली कम्पनीहरूले भारतमा उत्पादन बेच्न सक्ने क्षमता देखाएका छन् । वाइवाइ र गोल्डस्टार जुत्ता दुई उदाहरण हुन् । दुवै बिस्तारै बढ्दै गरेका छन्, दुवैको विस्तारमा केही ‘जिनियस‘ जनशक्तिको हात छ । गोल्डस्टार जुत्ता त नेपाली कच्चा पदार्थमा निर्भरसमेत छैन । वाइवाइ आपैmँ विदेशी प्रविधि र विदेशी ब्रान्ड थियो । गोल्डस्टार जुत्ताको प्रविधि पनि विदेशी नै हो र ब्रान्ड विस्तार गरिसकेको उक्त कम्पनीलाई लागत प्रभावी हुनुप¥यो भने डिजाइन मात्र नेपालमा गरेर चीनमा उत्पादन गरी भारतमा बेच्न सक्ने सुविधासमेत छ ।

प्रतिक्रिया