एमालेको स्थायी कमिटीको बैठक सुरू, वामदेव पनि सहभागी

फाइल तस्विर

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका छन् । च्यासलस्थिति तुल्सीलाल प्रतिष्ठानमा सुरु भएको बैठकमा गौतम पनि सहभागि भएका हुन् । गौतम यसअघि कहिले वरिष्ठ नेता माधवकुमार नेपाल त कहिले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा देखिएका थिए ।

यसअघिका स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बहिष्कार गरेका गौतमले आजको स्थायी कमिटीको बैठकमा सहभागि भएर आफू ओली पक्षमै भएको सन्देश दिएका छन् । एमालेको आजको बैठकमा विधान महाधिवेशन, केन्द्रीय पदाधिकारीको पूर्णता लगायतका विषयमा छलफल हुदै छ ।

प्रतिक्रिया