अर्थ सचिवमा मधुकुमार मरासिनी

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई नियुक्त गरेको छ । अर्थ मन्त्रालय सचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सरुवा गरेसँगै उनको ठाउँमा मरासिनीलाई ल्याइएको हो ।  मरासिनी अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रक कार्यालयमा महालेखा नियन्त्रकका रुपमा कार्यरत थिए ।

मरासिनीको अर्थ मन्त्रालयको बजेट, योजना निर्माण तथा वैदेशिक सहायता समन्वय क्षेत्रमा लामो अनुभव छ । मरासिनीले मन्त्रालयमा सरुवा भएको चिठ्ठी आजै पाएको बताए ।  अर्थ मन्त्रालयका सचिव ढुंगाना यसभन्दा अघिल्लो सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासिला मानिएका थिए । सरकार परिवर्तनपछि ढुंगाना आफैंले नयाँ अर्थमन्त्रीसँग काम गर्न सहज नहुनसक्ने सम्भावनाका कारण अर्थ मन्त्रालयबाट सरुवा हुन खोजेको स्रोत बताउँछ । उनको आगामी माघ महिनामा नेपाल सरकारको सचिवका रुपमा अवकाश हुनेछ।

प्रतिक्रिया