पूजा र आनन्दको रोमान्स

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक अविनाश न्यौपानेको स्वर रहेको ‘तिमी आउने जाने’ गीतको भिडियोमा अभिनेत्री पूजा शर्मा र आनन्द सिंहले रोमान्स गरेका छन् । कोरोना कहरपछि चलचित्र क्षेत्र ठप्प भएका कारण पछिल्लो समय अभिनेत्री शर्मा गीति भिडियोमा थालेकी छन् ।

उनी अभिनीत गीति भिडियो दिनहुँजसो सार्वजनिक भइरहेका छन् । यसैबीच ‘तिमी आउने जाने’ गीतको भिडियोमा पूजा र आनन्दले रिललाइफमा रोमान्स गरेका छन् । गीतमा टंक बुढाथोकी शब्द तथा संगीत रहेको छ । सशान कँडेलले निर्देशन गरेको भिडियोको छायांकन कालिञ्चोकको रमणीय स्थलमा गरिएको हो । बुद्ध थापाको छायांकन रहेको भिडियोको सम्पादन विकास दाहालले गरेका छन् ।

प्रतिक्रिया