रामकृष्णको नयाँ जीवन

काठमाडौं । गायक रामकृष्ण ढकाल र गायिका वेनिशा पौडेलको आवाज रहेको मार्मिक गीत ‘नयाँ जीवन’ सार्वजनिक भएको छ । राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा स्वार चलचित्रले उक्त गीति भिडियो सार्वजनिक गरेको हो । निशा अर्यालको शब्द रचना रहेको गीतमा दीपक शर्माले संगीत भरेका छन् भने एरेञ्ज पुरुषोत्तम सुवेदीको रहेको छ ।

विक्रम स्वारले निर्देशन गरेको भिडियोमा दुर्घटनावश एउटा खुट्टा गुमाउन बाध्य पात्रलाई प्रस्तुत गरिएको छ । गायक तथा मोडल प्रकाश सपुत र मोडल मोनिका बुढाथोकीबीचको वियोगान्तक विषयलाई भिडियोमा देखाइएको छ । चक्र पुलामी र नेसनल तिखत्रीको कोरियोग्राफी रहेको भिडियोलाई तारा थापा ‘किम्भे’ ले सम्पादन गरेका हुन् । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा रेनिश फागोले कलरको काम गरेका छन् ।

प्रतिक्रिया