साथीको हत्या गरेको आरोपमा तीन जना पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले व्यक्ति हत्या र लुटपाटमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले सर्लाही लालबन्दी नगरपालिका–१ घर भई काठमाडौंमा बस्ने २७ वर्षीय सुजन भन्ने ज्ञानु पाख्रिनको हत्या र लुटपाटमा संलग्न तीन जनालाई बिहीबार पक्राउ गरेको हो । पक्राउपर्नेमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–७ रामटोलका २५ वर्षीय राम महर्जन, सोही टोलका विक्की भन्ने २७ वर्षीय दीप लामा तामाङ र बारा जिल्ला फेटा गाउँपालिका–३ का धनञ्जय रजक रहेका छन् ।

साथै, लुटपाट गरेको अन्य धनमाल लिई फरार हुने भारत बिहार, पूर्वी चम्पारण, जिल्ला मोतीहारी घर भई वीरगञ्ज महानगरपालिका–१६ नगवा बस्ने रवि सर्राफको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

प्रतिक्रिया