मगर संघको अगुवाइमा सामुदायिक भवन निर्माण हुदै

पाँचथर । फिदिम नगरपालिका दुई पल्लोटारमा प्रथम सहिद लखन थापा बहुउद्देश्यीय भवन धमाधम निर्माण भइरहेको छ । भवन निर्माण गर्न सहुलियत दरमा फिदिम दूई निवासी बिष्णु थापा मगरबाट ११ आना जग्गा, १६ लाख ५० हजारमा मगरसंघले खरिद गरेको थियो । भवन बन्दै गरेको जग्गा नेपाल मगरसंघ जिल्ला समिति पाँचथरको नाममा रहेको छ । भवन निमार्ण गर्न २ करोड १२ लाख बराबर स्टेटमेन्ट भएको र सो रकममा नै निर्माण सम्पन्न हुने निमार्ण समितिका सदस्य सन्तोसकुमार थापाले जानकारी दिए । बन्दै गरेको भवन साढे दूईतले सामुदायिक भवन हुनेछ । भवन तिब्ररुपमा निर्माणहुदै गरेको छ ।


उक्त भवन निर्माणमा समुदाय र नीजि श्रोतबाट बन्दै गरेको हो । भवन निमार्ण प्रथम सहिद लखन थापा बहुउद्देश्यीय भवन समीतिमार्फत बन्दै गरेको बताइएको छ । भवन निर्माणका लागि थप रकम समितिबाट जुटाइने छ । अन्य रकम नागरिकहरुले ५ हजार भन्दा बढि दिनेको शिलापत्रमा नाम उल्लेख गरिने संघका जिल्ला सचिव प्रेमबहादुर क्याप्छाकीले जनाए । उक्त भवन मगरसंघको अगुवाइमा बन्न लागेको भएपनि सबै जनजाति आदिवासिहरु सबैको साझा भवन भएकाले सहयोगको अपेक्षा संघले लिएको छ ।

भवन निर्माणमा स्थानीय जन–प्रतिनिधि समाजसेवीहरुबाट सहयोग भइरहेको सदस्य थापाले जानकारी दिए । निर्माणाधीन भवन बन्दै गर्दा असार ११ गते वर्षातका कारण भवन मुनि पानी पसेर पहिरो गएको छ । पहिरोको क्षतिलाइ राहात सहयोगका लागि जिल्ला दैवि प्रकोप उद्धार समितिमार्फत निर्माण गर्न माग पत्र समेत पेस गरेको सचिव क्याप्छाकीले जनाउदै थप क्षति नहुनकालागि र्निमाण हुन देखिएको उनको भनाइ छ ।


कोभिडको लकडाउन नभनि भवन निर्माण भइरहदा निर्माण रकम दिने सहयोगिमनहरु आइरहेको र सहयोग गर्न समितिले आवहानसमेत गरेको छ । निर्माणपछि भवनमा सर्वसाधारणले, महत्सव, गोष्ठि, बिबाह, पाटी, भोज, तालिम आदि गर्न पाउने मगर संघका जिल्ला सचिव प्रेम बहादुर क्याप्छाकीले जनाए । भवन निर्माणस्थल निगरानी र र्निमाण सामाग्री जुटाउन समितिका पदाधिकारी लगायत सदस्यहरु उपस्थिति हुने गरेको पाइएको छ । भवनलाइ फिदिम नगर पालिका प्रमुख ओनाहाङ नेम्वाङले एक कार्यक्रम समारोह बीच शिलान्यास गरेका थिए ।

प्रतिक्रिया