विश्व

आइएसद्वारा इराकमा मलामी गएका व्यक्तिलाई आक्रमण गरी आठ जनाको हत्या

सौर्य अनलाइन २०७८ साउन १६ गते १८:४२ मा प्रकाशित

बग्दाद । इराक राजधानी बगदादबाट उत्तरी क्षेत्रमा अतिवादी आइएसले मलामी गएका व्यक्तिमाथि बम आक्रममण गरेका छन् । ती इराकको उत्तरी क्षेत्र यात्रिब नगरको एक गाउँमा शुक्रबार राति उनीहरुले सो आक्रमण गरेका थिए ।

त्यस क्रममा आइएसले कम्तीमा आठ जनाको हत्या गरेको बताइएको छ । सो आक्रमणमा परेर अरु १० जना नराम्ररी घाइते भएका छन् । बम लागेर घाइते भएका उनीहरुलाई नजिकैको अस्पताल पुर्याइएको छ ।

उक्त नगरको अल्बु जिल्ली भन्ने स्थानमा आइएसले यसअघि पनि आक्रमण गरी कैयौँ गाउँलेको ज्यान लिएका थिए । उक्त गाउँको एक सुरक्षा जाँच चौकीमा पनि उनीहरुले हमला गर्दा केही व्यक्ति घाइते भएको पनि बताइएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय