२४ वर्ष पार गरेको अवसरमा हुरेन्डेक नेपालले मनायो रजत वर्ष

कालिकोट । सामाजिक क्षेत्रमा काम गर्दै आएको मानव अधिकार तथा वातावरण विकास हुरेन्डेक नेपाल कालिकोटले २४ वसन्त पार गरेको सुखद उपलक्षमा रजत वर्ष समारोह मनाएको छ ।

२०५३ सालमा स्थापना भएको मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटले कालिकोट जिल्लामा मात्र नभएर देशका विभिन्न ठाउँमा आइपर्ने विपद जोखिम न्युनिकरणका कामदेखि लिएर राहत वितरण सम्मका कामहरु गरेको छ ।

कालिकोट जिल्लामा विगत लामो समयदेखि काम गर्दै आएको हुरेन्डेक नेपाल कालिकोटले कालिकोट जिल्लाका ९ वटा स्थानीय तहमा विकास निर्माणका कामहरुदेखि लिएर समुदाय स्तरमा आइपर्ने विभिन्न समस्यालाई मध्यनजर गर्दै हरेक विकास निर्माणका काममा सहयोग पुर्याउँदै आएको छ । २०५३ सालयता हुरेन्डेक नेपाल कालिकोटले समाजमा रहेका परम्परागत हानिकारक अभ्यास अन्त्यका लागि पनि ठूलो पहलकदमी थालेको छ ।

विभिन्न दातृ निकायको सहयोग सहजिकरणमा यस संस्थाले गरेका हरेक विकास निर्माणका कामहरु दिगो टिकाउका हुनुका साथै समुदाय स्तरमा हुरेन्डेक नेपाल कालिकोटले गरेका हरेक क्रियाकलाप सन्तोषजनक रहेको नागरिकहरुको भनाई छ ।

विद्युत, खानेपानी, सडक, पुल, बाटो, शिक्षा, सिचाईका क्षेत्रमा विभिन्न किसीमका कामहरु गरी सफलता हासिल गरेको हुरेन्डेक नेपाल कालिकोटले पछिल्लो समय समुदाय स्तरमा बालक्लव, किशोर किशोरी समूह गठन गरी समुदायस्तरमा हुने हानिकारक अभ्यास अन्त्यका लागि काम गरिरहेको हुरेन्डेक नेपाल कालिकोटका अध्यक्ष जजराज शाहीले बताए ।

शाहीका अनुसार स्थानीय सरकारसँगको समन्वयलाई मध्यनजर गर्दै हरेक विकास निर्माणका कामहरुमा साझेदारी गरी दिगो टिकाउका कामहरु गर्ने यस संस्थाको लक्ष्य ।

मानवअधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कािलकोटका उपाध्यक्ष विरेन्द्र बहादुर बुढाले २४ बसन्त पार गर्दा हुरेन्डेक नेपाल कालिकोटले कालिकोट जिल्लामा मात्र नभएर देशका विभिन्न ठाउँमा विपद आइपर्दा गरेको सहयोग र कोभिड –१९ को महामारीकाबीचमा समुदायस्तरमा स्वास्थ्य सामग्री वितरण गर्नुले यस संस्थाको शिर उच्च हुने काम भएको आफ्नो भनाइ राखे ।

बुढाका अनुसार कोभिड– १९ को चपेटामा परेका हरेक समुदायका नागरिकहरुलाई स्वास्थ्य सामग्री वितरणदेखि लिएर विभिन्न राहतका सामान वितरण गर्दा नागरिकहरुको यस संस्थाप्रति झन मोह बढेको बुढाको भनाई छ ।

विभिन्न दातृ निकायको सहयोगमा संचालित हरेक कार्यक्रममा नागरिकहरुलाई दिइने ज्याला र उनिहरुको भरपुर सुरक्षाका लागि यस संस्थाले आफ्नै नीति तथा कार्यविधि तयार गरेको हुरेन्डेक नेपाल कालिकोटका कोषाध्यक्ष दिलिपकुमार शाहीले बताए ।

हरेक विकास निर्माणका कामहरुमा कामदार मारमा पर्ने भएकाले उपभोक्ता बादी चिन्तनलाई प्रवाह नगरी सम्बन्धित कामदारलाई प्रोत्साहन दिने गरेको शाहीको भनाई छ । हुरेन्डेक नेपाल कालिकोटका लेखा संयोजक प्रेमबहादुर शाहीका अनुसार जुनसुकै योजनाको रकम हिनामिना हुने डरले सम्वन्धित उपभोक्ता तथा कामदारको बैंक खातामा रकम जम्मा हुने गरेकाले सम्बन्धित कामदारले लाभ लिएको बताए ।

उनका अनुसार रकम हिनामिना नहोस भन्ने उद्येश्यले स्वयम कामदारको बैंक खाता सञ्चालन गरी खातामा रकम जम्मा गर्ने गरेको हो । २४ वर्ष पार गरेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सहभागी सम्पूर्ण परियोजना संयोजक तथा अन्य कर्मचारीहरुले हालसम्म हुरेन्डेक नेपाल कालिकोटले यस जिल्लामा गरेका हरेक विकास निर्माणका कामहरुमा स्थानीय सरकारको सहयोग तथा समन्वय रहेकाले काम गर्न अझै सहज वातावरण भएको बताए ।

मानवअधिकार तथा वातावरणको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको हुरेन्डेक नेपाल कालिकोटले कालिकोटका नांगा डाँडामा बृक्षारोपण र बाँझो जमिनमा खेतियोग्य काम गरेकाले पनि यस संस्थाले गौरबका कामहरु गरेको सहभागिहरुको भनाई छ । मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटले आयोजना गरेको रजत वर्ष विशेष समारोहमा अध्यक्ष जजराज शाहीको अध्यक्षता, उपाध्यक्ष विरेन्द्र बहादुर बुढाको विशेष आतिथ्य भएको थियो ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया