रंग‍-विविध

यी हुन् ‘द भ्वाइस अफ नेपाल’ को ग्राण्ड फिनालेमा पुग्ने टप ४ जना

सौर्य अनलाइन २०७८ साउन १६ गते १४:४१ मा प्रकाशित

काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ३ का चार उत्कृष्ट प्रतिभाहरु छानिएका छन् । शुक्रबार भएको सेमि फाइनलमा चार वटा टीमका एक–एक जना प्रतिभाहरु ग्राण्ड फिनालेमा प्रवेश गरेका छन् । सबै भन्दा कडा प्रतिस्पर्धा मानिएको टीम प्रमोदबाट किरण गजमेर फाइनलमा प्रवेश गरेका छन् भने सिक्किमका रवि गहतराजको भ्वाइसको यात्रा टुंगिएको छ ।

यसै गरी टीम दीपबाट दार्जलिङका आर्यन तामाङ फाइनल प्रवेश गरेका छन् । बुटबलका गोविन्द पुनको भ्वाइस यात्रा टप ८ सम्म पुगेर रोकिएको छ । टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर फाइनल प्रवेश गरेकी छिन् । काठमाडौका सोनाम शेर्पा सँग उनको कडा प्रतिस्पर्धा भएको थियो । टीम तृष्णाबाट अफ्रिता खड्गीलाई उछिन्दै ज्वाला राई फाइनलमा प्रवेश गरेका छन् ।

एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो । एसएमएस र अनलाइनमार्फत् संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए । प्रभु पेमार्फत् गरिने अनलाइन भोटिङमा फ्रि भोट गर्ने सुविधासमेत छ । आज शनिवारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले फिनालेको भोटका लागि आफ्ना प्रस्तुतिहरु दिनेछन् । अर्को शनिबार हुने ग्राण्ड फिनालेमार्फत् यी चारजनामध्ये एक जनाले द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय