खोजखबर

सम्पर्कविहीन भनिएकी सांसद वली नेपालगञ्जको एक अस्पतालमा

सौर्य अनलाइन २०७८ साउन १६ गते १०:४५ मा प्रकाशित

काठमडौं । नेकपा माओवादी केन्द्रकी लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वली सम्पर्कमा आएकी छन् । उनी नेपालगञ्जस्थित एक अस्पतालमा उपचाररत रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यलय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेस काफ्लेले उनी सम्पर्कमा रहेको पुष्टि गरे । उनले आफूले फोन सम्पर्क गर्दा रिसिभ गरेको र आफूमा स्वास्थ्य समस्या आएर नेपालगञ्मा उपचार गरिरहहेको बताएको प्रहरी उपरीक्षक सुरेस काफ्लेको भनाइ छ ।

यसअघि उनले आफू निकटकै सांसदरुको फोन उठाएकी थिइनन् । त्यस्तै माओवादी केन्द्रका सांसदहरुले उनलाई संसदीय दलमा उपस्थित हुनको लागि सम्पर्क गर्दा पनि उनले फोन उठाएकी थिइनन् । उनी ३ दिन देखि नै सम्पर्क बाहिर रहेको माओवादी केन्द्रले जनाएको थियो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले विश्वासको मत लिने तयारी गर्दैछन् । उनले सत्ता टिकाउन सांसद वलीलाई लोभ लालचमा पारेको हुनसक्ने अनुमान गरिएको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय