एमाले स्थायी कमिटी बैठक बस्दै आज

काठमाडौं । नेकपा एमालेको आज स्थायी कमिटी बैठक बस्दैछ । तुलसीलाल स्मृति भवन च्यासले ३ बजे बस्ने बैठकमा समसामयिक राजनीतिका अलावा तीनवटा एजेन्डाले प्राथमिकता पाउने छ । आजको बैठकको मुख्य एजेन्डामा केन्द्रीय विभागको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नविकरण र वितरण रहेको छ ।

सत्ताबाट बाहिरिएलगत्तै नेकपा एमालेको पार्टीगत सक्रियता पनि बढ्दै गएको छ। पार्टीको संस्थापन समूह र माधवकुमार नेपाल सहितको विद्रोही समूहबिच एकताको विषय लम्बिरहेको छ भने दुवै पक्षका नेताबिच घोचपेच जारी छ ।

प्रतिक्रिया