प्रधानमन्त्री देउवालाई राष्ट्रपति मुनको बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । शुक्रबार नेपालका लागि कोरियाका राजदूत पार्क चोङ सुकले परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री देउवालाई राष्ट्रपति मुनले पठाएको बधाई सन्देश हस्तान्तरण गरेका हुन् ।

बधाई सन्देशका लागि कोरियाली राष्ट्रपतिप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्री देउवाले नेपाल र कोरियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउन राष्ट्रपति मुनसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताए । यस्तै कोरियाका राजदूतसँग द्विपक्षीय सम्बन्ध प्रवद्र्धधन गर्ने बारेमा समेत प्रधानमन्त्रीले विचार विमर्श गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै, शुक्रबार नैै प्रधानमन्त्री देउवासँग नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले शिष्टाचार भेट गरेका छन् । सो अवसरमा उनीहरुबीच पारस्परिक हितका विषयसहित कोभिड–१९ विरुद्धको सहयोग एवं ऐक्यबद्धता, द्विपक्षीय व्यापार, लगानी र पर्यटन प्रवद्र्धनका बारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया