सात स्थानमा चार्जिङ स्टेशन

काठमाडौं । वाग्मती प्रदेश सरकारले विद्युतीय बसको चार्जिङ स्टेशन निर्माणका लागि काठमाडौं उपत्यकालगायत सात स्थानमा जग्गा उपलब्ध गराएको छ । आगामी २०७९ साल जेठको तेस्रो साता देखि उक्त बस सञ्चालन गर्न हेटौंडास्थित वाग्मती प्रदेश यातायात व्यवस्थापन बोर्डलाई काठमाडौंको बसपार्क, चितवनको भरतपुर बसपार्क, नुवाकोटको विदुर बसपार्क र मकवानपुरको हेटौंडा बसपार्कमा विद्युतीय चार्जिङ स्टेशन निर्माणका लागि सरकारले आवश्यक जग्गा उपलब्ध गराएको हो ।

यसैगरी धादिङको गजुरी गाउँपालिकाको बेलटार, काभ्रेको धुलिखेल र सिन्धुलीको बसपार्कमा जग्गा उपलब्ध गराउन कानूनी प्रक्रिया पूरा भइसकेको छ । आगामी भदौ मसान्तभित्रमा काठमाडौंलगायत छ वटा बसपार्कमा विद्युत् चार्जिङ स्टेशन निर्माण गरिने भएको छ । विद्युतीय बस सञ्चालनका बोलपत्र आब्हान गरिएकामा अहिले दुईवटा अन्तर्राष्ट्रियस्तरको बोलपत्र दर्ता भएको र हाल बोलपत्रको मुल्याकंन भइरहेको छ ।

प्रतिक्रिया