प्रिमियर इन्सुरेन्सको संस्थापक सेयर लिलामीमा

काठमाडौं । प्रिमियर इन्सुरेन्स कम्पनीले बिहीबार देखी ५ लाख ४२ हजार ९ सय ६५ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम मुल्य ५ सय रुपैयाँ तोकेको छ । लगानीकर्ताले ५ सय रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । यसअघि लिलामी बिक्री खुला गर्दा आवेदन नपरेपछि कम्पनीले फेरि बिक्रीमा ल्याएको हो ।

यसमा विद्यमान संस्थापक सेयरधनी सहित अन्य इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले पनि आवेदन दिन सक्नेछन । न्यूनतम ५ सय कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । बोलपत्र पेश गर्ने अन्तिम म्याद साउन २२ गते रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी बोलपत्र बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया