रंग‍-विविध

सिताले ल्याइन् तीज गीत ‘हिस्सी परेकी’

सौर्य अनलाइन २०७८ साउन १४ गते १८:१५ मा प्रकाशित

काठमाडौं । लोकदोहोरी गायिका सिता राना मगरले ‘हिस्सी परेकी’ बोलको नयाँ तीज गीत ल्याएकी छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य समेत रहेकी गायिका रानाले गायक खुमन अधिकारीसँग सहकार्य गरेर उक्त गीत ल्याएकी हुन् ।

गायिका सिता र गायक खुमनको युगल आवाजमा सजिएको उक्त गीतको शब्द हुम गैरेले रचना गरेका हुन् भने खुमनकै संगीत तथा कृष्ण बिकको संगीत संयोजन रहेको छ ।

त्यस्तै मालाश्री स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा स्मृति तिमिल्सिना (गुरुआमा) ले निर्देशन गरेकी छन् । सुरेश श्रेष्ठको छायांकन तथा नविन घर्तीमगरको उक्त भिडियोमा सम्पादन रहेको छ ।

त्यसैगरी नायिका एलिना रायमाझी, नायक विजय पुन मगर र अल्फाज शाहले उक्त भिडियोमा अभिनय गरेका छन् । गायिका सिता रानाकै युट्युब च्यानलमार्फत गीतको भिडियो । आज (बिहीबार) सार्वजनिक गरिएको छ ।

हिन्दु नारीहरुको महान पर्व हरितालीका तीज नजिकिँदै गरेको अवसरमा नेपाली मौलिक लोक संस्कृतिको मध्यनजर गरेर समय सान्धर्विक उक्त गीत ल्याएको गायिका रानाले बताइन् । गीतको शब्दलाई सुहाउने अनुसारकै भिडियोमा पनि मौलिक पहिरनसँगै दृश्य निर्माण गरिएको उनले जिकिर गरिन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय