‘क्या हो तिम्रो पारा’ सार्वजनिक

काठमाडौं । सञ्चारकर्मी एवं गायक राजकुमार रायमाझी र गायिका सीता तमुस्यो ‘दोङ’ को आवाज रहेको नयाँ रोमान्टिक गीत ‘क्या हो तिम्रो पारा’ को भिडियो सार्वजनिक भएको छ ।

‘सहयात्री’ नविन गुरुङको प्रस्तुती रहेको उक्त गीतमा सञ्चारकर्मी रायमाझीको शब्द रचना रहेको छ भने लक्षु प्रकाश मल्लको संगीत रहेको छ । त्यस्तै उक्त गीतको भिडियोमा किरण मगर र सुस्मिता श्रेष्ठले अभिनय गरेका छन् ।

त्यसैगरी राजकुमार रायमाझीद्वारा निर्देशित भिडियोमा मन बहादुर पुनको छायांकन र सम्पादन रहेको छ । माया प्रेमको भावनालाई मध्यनजर गरेर उक्त गीतको रचना गरेको सञ्चारकर्मी रायमाझीले बताए ।

प्रतिक्रिया