प्रिमियर स्टीलः ३६ एम एमलाई नेपाल गुणस्तर प्रमाण चिन्ह

काठमाडौ । प्रिमियर स्टील ३६ एम एम समु्ह (क्याटोगरी) ले नेपाल गुणस्तर प्रमाण प्राप्त गर्न सफल भएको छ । ३६ एम एम को छड ठूला परियोजनाको रुपमा रहेका हाइड्रो पावर, पुल तथा ड्यामको निर्माणमा प्रयोग गर्ने गरिन्छ । यस अघि ३० एम एम को छड छिमेकी मुलुक भारतबाट वा अन्य मुलुकबाट आयात गर्ने गरेकोमा निर्माण कार्यलाई केही आपूर्तिमा ढिलाइ हुने गरेकोमा अब उपरान्त नेपाल गुणस्तर प्रमाण प्राप्त प्रिमियर स्टिलको उत्पादनसँगै आयात गर्नु पर्ने अवस्था नरहने विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश नम्बर १ को सबैभन्दा ठूलो स्टील कम्पनीका रुपमा स्थापित यस कम्पनीले दैनिक ८ सय मेट्रिक टन उत्पादन क्षमता राख्दछ । कम्पनीले ८ एम एम देखि ४० एम एम सम्मका छडको उत्पादन गर्दै आएको छ । ३६ एम एम नेपाल गुणस्तर प्रमाण प्राप्त डन्डी पनि यसको एक ज्वलन्त प्रमाण भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया