समयमा अपडेट हुँदैनन् सरकारी कार्यालयका अनलाइन

दैलेख । जिल्लाका अधिकांश सरकारी कार्यालयका अनलाइनहरू प्रयोगविहीन जस्तै भएका छन् । समयमै अपडेट नहुँदा यस्ता अनलाइनहरू प्रयोगविहीन भएका हुन् । आपूmले गरेका काम कारबाहीको सूचना आमनागरिकलाई दिनु कार्यालयको कर्तव्य भए पनि अहिले धेरैजसो कार्यालयका अनलाइन बन्द भएका छन् त कतिका अनलाइन वर्षांैसम्म पनि अपडेट भएका छैनन् । दैलेखमा ११ वटा पालिकाका अनलाइनसँगै जिल्लामा रहेका सरकारी कार्यालय मध्ये करिब ७० प्रतिशत अनलाइनहरू समयमै अपडेट हँुदैनन् । अपडेट भए भने एक साताभन्दा पछि मात्र हुन्छन्, प्रत्येक कार्यालयमा एक जना सूचना अधिकारी रहने व्यवस्था छ । सूचना अधिकारीलाई नै कार्यालयका गतिविधि थाहा हँुदैन । सूचना अधिकारीलाई फोन गर्दा कार्यालय प्रमुखलाई फोन गर्ने अनुरोध गर्छन्, मंगलबार कोष तथा लेखा नियन्त्रण कार्यालय दैलेखका सूचना अधिकारी प्रकाश खड्कालाई फोन गर्दा फोन रुकुम गयो । फोन रुकुम पुग्नको कारण थियो उनी दैलेखबाट सरुवा भएको पाँच महिना भइसकेछ । तर, कोष तथा लेखा नियन्त्रण कार्यालय दैलेखमा अहिलेसम्म सूचना अधिकारी खड्का नै छन् । उनी सरुवा भएपछि सूचना अधिकारी लेखापाल लक्ष्मीप्रसाद उपाध्यायलाई दिएको भए पनि साउनसम्म कार्यालयको अनलाइन अपडेट भएको छैन । जिल्लामा बेरुजु तथा बजेट फ्रिजको बारेमा सूचना लिनका लागि कार्यालयको अनलाइनमा हेर्ने नागरिकले कार्यालयको अनलाइन नाम मात्रको भएको गुनासो गरेका छन् ।

अनलाइनमा ‘नतिजामुखी प्रशासन, समृद्धि र सुशासन’ भन्ने नारा राखिएको छ । तर यो नारा केवल नारामै सीमित छ । एउटा जिम्मेवार कार्यालयको हालत यस्तो छ । अनलाइनमा सरकारी लोगोसमेत पुरानै देखिन्छ । नयाँ लोगो आएपछि सबै सरकारी कार्यालयका साइटमा नयाँ राख्नुपर्ने निर्देशन सरकारले गरे पनि यस कार्यालयमा भने पुरानै लोगो यथावत छ । अनलाइन खोल्दा एक ठाउँमा अन्तिम अपडेट भएको मिति मे २ २०२०, १४ः५९ देखिन्छ यो मितिलाई आधार मान्य हो भने यो अनलाइन त्यो मितिपछि अपडेट नै नभएको अनुमान गर्न सकिन्छ ।

अनलाइनको बारेमा बुझ्दा कोष तथा लेखा नियन्त्रण कार्यालय दैलेखका कार्यलय प्रमुख कोष नियन्त्रक हर्कबहादुर शाहीले अनलाइनबारेमा राम्रो ज्ञान भएका प्राविधिक नभएकाले अनलाइन अपडेट गर्ने नसकिएको बताए । उनले भने, ‘हामीसँग अनलाइन चलाउनलाई जनशक्ति छैन केन्द्रमा अनलाइनको कुरा गर्दा हुन्छ भन्छन्, सुनुवाई गर्दैनन् । अनलाइनको लागि भनेर कार्यालयमा दरबन्दी पनि छैन । आवश्यक ज्ञान सीप भएका र जनशक्ति नहँुदा अनलाइन अपडेट गर्न सकिरहेका छैनौँ ।’

यस्तै मालपोत कार्यालय दैलेखका अनलाइन बन्द भएका छन् मालपोत कार्यालय दुल्लुको अनलाइन ६ महिनादेखि बन्द छ । मालपोत कार्यालय दैलेखको अनलाइन खुल्दैन । यसरी जिम्मेवार कार्यालयका अनलाइनसमेत नखुल्नुले अनलाइनसम्बन्धी सम्बन्धित निकायको ध्यान छैन भन्ने प्रष्ट हुन्छ ।

प्रतिक्रिया