टोकियो ओलम्पिकमा गौरिकाले बनाइन् राष्ट्रिय कीर्तिमान

काठमाडौं । जापानको टोकियोमा आयोजना भइरहेको ३२औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलमा नेपालकी जलपरी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।

टोकियो एक्वेटिक सेन्टरमा आज भएको खेलमा गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । एक सय मिटर फ्रिस्टाइलमा उनले एक घण्टा ००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

गौरिकाले प्रतिस्पर्धा गरेको हिट चरणमा चार जना खेलाडी रहेका थिए । जसमा उनी तेस्रो स्थानमा रहिन् । यस स्पर्धामा उत्कृष्ट १६ खेलाडी मात्र सेमिफाइलनमा प्रवेश गर्नेछन् ।

५० मिटरको लङ्ग कोर्समा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेकी हुन् । यसअघि उनको नाममा १ः००.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो । ओलम्पिकमा गौरिकाको यो दोस्रो सहभागिता हो । यसअघि २०१६ मा गौरिकाले रियो ओलम्पिकमा सहभागिता जनाएकी थिइन् ।

प्रतिक्रिया