पोखरीमा डुबेर तीन जनाको मृत्यु

सर्लाही । जिल्लाको ब्रहम्पुरी गाउँपालिकाको एक पोखरीमा आमा, एक छोरी र एक छोरासहित तीन जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा आमा रितेवा देवी कापर र निजकी डेढ वर्षीया छोरी र १० दिनको नवजात शिशु छोरा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मृतक महिलाका श्रीमान संजिव कापर ब्रहम्पुरी गापा– ३ का स्थानीय हुन् । श्रीमान कापर मृतक श्रीमती र दुई बच्चाको खोजि कार्यमा लागेकाले हालसम्म प्रहरी सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी माधव बुढाथोकीले जानकारी दिए ।

प्राप्त सूचनाको आधारमा बुधबार बिहान करिब ९ बजेको समयमा नेपाल प्रहरी र बिओपी त्रिभुवननगरबाट खटिएका सशस्त्र प्रहरीको संयुक्त टोलीले घटनास्थलमा पुगेर शवलाई पोखरीबाट निकालेका थिए ।

घट्ना के कति कारणले हुन गएको हो ? यो अनुसन्धानको विषय भएकोले मृतक महिलाका श्रीमान् सम्पर्कमा आएपछि मात्र बिस्तृत रुपमा जानकारी प्राप्त हुने डिएसपी बुढाथोकीले बताए ।

प्रतिक्रिया