नेपाल इन्फ्रास्ट्रक्चर बैंक र पाँचखाल नगरपालिका सम्झौता

काठमाडौं । पाँचखाललाई ‘स्मार्ट सिटी’ बनाउने समझदारी पत्रमा मंगलबार नगरपालिका नगर प्रमुख महेश खरेल र निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन । नगर प्रमुख महेशका अनुसार ’स्मार्ट सिटी’ परियोजना नगरपालिकाको रणनीतिक कार्य योजना अन्तर्गत पर्छ । नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउन आवश्यक प्राविधिक, आर्थिक, वित्तीय तथा प्राविधिक विश्लेषण, विस्तृत परियोजना प्रतिवेदन, परियोजनाको बजारीकरण र आवश्यक अन्य सहयोगलगायत गरी सात बुँदालाई मुख्य आधार बनाएर साझेदारी पत्रमा हस्ताक्षर भएको हो ।

साथै जग्गा एकिकरण, बैंकको तर्फबाट वा बैंकको अगुवाइमा स्वपूँजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट पाँचखाल नगरपालिकामा सुविधासम्पन्न स्मार्ट सिटी परियोजना निर्माण, विकास तथा कार्यान्वयन गर्न सहकार्य भएको हो । नेपाल इन्फ्रास्ट्रक्चरले पाँचखाललाई स्मार्ट सिटी बनाउन आवश्यक सम्भावित परामर्शदाता र निर्माणकर्ताको रुपमा रही कार्य गर्न सहयोग पु¥याउने बताएको छ । नगरपालिका र बैंक बीचको समझदारी एक वर्षको अवधिको लागि मान्य हुने छ ।

प्रतिक्रिया