प्रदर्शनअघि नै पाइरेसी भयो ‘मिमी’

मुम्बई । बलिउड अभिनेत्री कृति सेननको प्रमुख भूमिका रहेको चलचित्र ‘मिमी’ प्रदर्शनअघि नै बाहिरिएको छ । जुलाई ३० मा नेटफ्लिक्सबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्र सोमबार नै अनलाइनमा लिक भएको हो । यो चलचित्र टेलिग्राममा पाइरेसी भएको हो । पछिल्लो समय कुनै पनि ओटिटी प्लेटफर्ममा प्रदर्शनमा आउने चलचित्र, रिलिज भएको केही घण्टाभित्रै विभिन्न पाइरेसी साइटमा भेटिन्छन् । तर, ‘मिमी’ पहिलो दिनअघि नै पाइरेसीको मारमा परेको छ ।

‘मिमी’ अभिनेत्री कृतिको एकल लिड भएको पहिलो चलचित्र हो । चलचित्रमा पंकज त्रिपाठी पनि महत्वपूर्ण भूमिकामा छन् । सरोगेसीको विषयलाई प्रस्तुत गरेको चलचित्रमा पैसाको लोभमा भाडामा बच्चा जन्माउन तयार भएकी कृतिलाई देखाइएको छ । जसमा बच्चा चाहनेले लिन अस्वीकार गरेपछि आउने परिस्थितिको वरिपरि चलचित्र घुमेको छ । कृतिले गर्भवती भूमिकामा विश्वसनीय देखिन १५ केजी तौल बढाएकी थिइन् ।

प्रतिक्रिया