विराज घाइते

काठमाडौं । छायांकनका क्रममा दुर्घटनामा परी अभिनेता विराज भट्ट घाइते भएका छन् । उनी भोजपुरी चलचित्र ‘आक्रोश’ को छायांकनका क्रममा घाइते भएका हुन् । उनी घाइते भएसँगै चलचित्रको छायांकनसमेत रोकिएको छ । भारतको लखनउमा छायांकन भइरहेको यो चलचित्रमा विराजले एक्सन स्टन्ट गर्दा बायाँ खुट्टाको घुँडामा समस्या आएको जनाइएको छ ।

अभिनेता विराजलाई दुई साता डाक्टरले आराम गर्न सल्लाह दिएपछि चलचित्रको छायांकन प्रभावित भएको हो । सन्दिप सिंहले निर्देशन गरिरहेको यो चलचित्रमा विराजसँगै प्राची सिंह, सञ्जय पाण्डे, मनोज टाइगर लगायतका कलाकारको अभिनय छ । चलचित्रको ४० प्रतिशतभन्दा बढी काम सकिएको छ ।

थुप्रै नेपाली चलचित्रमा काम गरेका विराज पछिल्लो समय भोजपुरी चलचित्रमा जमेका छन् । केही वर्षअघि उनले नेपाली चलचित्र ‘जय परशुराम’ मा काम गरेका थिए । यो चलचित्र बक्सअफिसमा खासै प्रभाव जमाउन नसकेपछि विराजले ‘साङ्लो’ निर्देशन गरेका थिए । यसले पनि खासै प्रभाव जमाउन नसकेपछि उनी पुनः भोजपुरी चलचित्र नगरीमा फर्केका थिए ।

प्रतिक्रिया