माया गर्ने मान्छे खोज्दै स्वरुप र अस्मिता

काठमाडौं । गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको आवाज रहेको ‘माया गर्ने मान्छे’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा अनिल शाहीको संगीत तथा गौतम डंगोल ‘सन्देश’ को शब्द रचना रहेको छ । ब्लुबेरी स्टुडियोमा रेकर्ड गरिएको गीतमा संगीत संयोजन प्रमोद परियारले गरेका छन् । दिपेश सापकोटाले निर्देशन गरेको गीतको भिडियोको छायांकन बिशाल (माइलो) रहेको छ । उज्जवल ढकालले सम्पादन गरेको भिडियोमा अभिनेत्री सुरक्षा पन्त र रोचक जोशीको अभिनय छ । अडियो र भिडियो दुवै उत्कृष्ट बनेको जिकिर गर्दै गायिका अस्मिता परियारले दर्शकस्रोताले मन पराउनेमा आफू आशावादी रहेको बताइन् । भिडियो ट्री इन्टरटेन्टमेन्टको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया