अभिनेत्री जयन्तीको निधन

मुम्बई । भारतकी अभिनेत्री जयन्तीको निधन भएको छ । ७६ वर्षिय उनको सोमबार बैंगलुरमा उमेरसँग सम्बन्धित बिरामीका कारण निधन भएको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ । उनले सन् १९६३ मा रिलिज भएको कन्नाडा चलचित्र ‘जेनु गुडु’ बाट अभिनयमा डेब्यु गरेकी हुन् । उनले तेलुगु, तमिल, कन्नाडा र मलयालम गरि करिब ५०० भन्दा बढि चलचित्रमा काम गरेकी छिन् ।

साउथ चलचित्रका सुपरस्टार (अभिनेता)हरुसँग अभिनय गर्ने उनी कमै अभिनेत्रीमध्ये एक हुन् । साउथका सुपरस्टारहरु एनटि रामाराव, एमजी रामाचन्द्र, राज कुमार र रजनीकान्तहरु अभिनीत चर्चित चलचित्रमा मुख्य पात्रको रुपमा जयन्तीले काम गरेकी छिन् ।

उनले अभिनय गरेका सुपरहिट चलचित्रहरु पेदरायुडू, स्वाथी किरणम, कोडामा सिम्हम, जस्टिस चौधरी र कोन्डावेती सिम्हले उनलाई तेलुगु दर्शकविच स्थापित गरेको हो ।

प्रतिक्रिया