मल्लले ल्याए ‘मेरी माया’

काठमाडौं । गायक नरेन्द्र मल्ल र गायिका राखी मल्लको आवाज रहेको ‘मेरी माया जुनभन्दा उजेली’ गीत सार्वजनिक भएको छ । गायक मल्लको शब्द तथा संगीत रहेको गीतमा केशव बडुले संगीत संयोजन गरेका छन् ।

विक्रम चौहानले निर्देशन गरेको गीतको भिडियोमा चक्र बम, अनु पराजुली र पिलिजा नानुको अभिनय छ । गीतमा मायालुको बयान गरेको विषयलाई देखाइएको छ । गीतलाई गायक मल्लको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया