किन सम्झिने मण्डेलालाई ?

निनाम कुलुङ ‘मंगले’

निर्वाचनमा मन्डेलाको दल एएनसी एक्लैले दुईतिहाइ बहुमत पाएको थियो । त्यसो भएता पनि मन्डेलाले अहं नदेखाएर सबै पक्षलाई समेटेर मिलीजुली सरकार गठन गरेका थिए । आफूले शासन सत्ता सम्हालेको ठीक २ वर्षभित्र ९ मे, १९९६ मा अल्पसंख्यक गोरा जातिलगायत सम्पूर्ण अल्पसंख्यक माथि हुने विभेद पूर्ण नीतिको पूर्ण निषेधसहितको विश्वकै उत्कृष्टतम संविधान जारी गरेर आफ्नो मुलुकलाई नयाँ युगमा प्रवेश गराए ।

दक्षिण अफ्रिकाको इस्टर्न केपमा सन् १९१८ जुलाई १८ मा जन्मेका नेल्सन मन्डेलाबाट हामी नेपालीले सिक्नुपर्ने पाठ धेरै छन् । मन्डेला आपैmँ पनि तत्कालीन दक्षिण अफ्रिकाको सामन्तवादी समाजमा जन्मे÷हुर्केका भएता पनि उनले सानै उमेरमा आप्mनो देशमा शासन सत्ता चलाइरहेका गोराहरूको रंगभेदी शासन र कालाजाति माथिको अत्याचारको विरुद्ध लाग्ने अठोट गरेका थिए । फलतः उनले सन् १९४३ मा अफ्रिकी नेसनल कांग्रेस (एएनसी) मा आवद्ध भएर अहिंसात्मक आन्दोलनको नेतृत्व गरे । त्यस क्रममा मन्डेलाले २७ वर्ष लामो जेल जीवन बिताएका थिए । फलतः उनी विश्वकै मुक्ति आन्दोलनको पर्याय र आस्थाको केन्द्र विन्दु बन्न सकेका थिए ।

मन्डेलाका विभिन्न नामहरू थिए । त्यसमध्ये एक ‘मादिवा’ पनि हो । मादिवा २७ वर्षे लामो जेल जीवनबाट सन् १९९० मा मुक्त भएका थिए । तत्पश्चात मन्डेलाले सन् १९९३ मा तत्कालीन अपरथेड शासनका कार्यवाहक राष्ट्रपति फ्रेडरिक विलियम डे क्लार्कसँग विस्तृत शान्ति सम्झौता गरी सन् १९९४ मा पहिलो र समावेशी लोकतान्त्रिक निर्वाचन सम्पन्न गरे । उनले निर्वाचनलाई परिणाममुखी बनाउन र सबैलाई मान्य हुने गरी संविधान निर्माण गर्न निर्वाचन अगावै ३५ बुँदे सम्झौता पनि गरेका थिए । सो निर्वाचनमा मन्डेलाको दल एएनसी एक्लैले दुईतिहाइ बहुमत पाएको थियो । त्यसो भएता पनि मन्डेलाले अहं नदेखाएर सबै पक्षलाई समेटेर मिलीजुली सरकार गठन गरेका थिए । आफूले शासन सत्ता सम्हालेको ठीक दुई वर्षभित्र ९ मे, १९९६ मा अल्पसंख्यक गोरा जातिलगायत सम्पूर्ण अल्पसंख्यकमाथि हुने विभेदपूर्ण नीतिको पूर्ण निषेधसहितको विश्वकै उत्कृष्टतम संविधान जारी गरेर आप्mनो मुलुकलाई नयाँ युगमा प्रवेश गराए । उनले तत्काल सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर द्वन्द्वकालका सम्पूर्ण विवादित सवालहरू तथा दक्षिण अफ्रिकी समाजमा विद्यमान विद्वेष र बेमेलहरूलाई सधैँका लागि हल गरेर अत्यन्तै छोटो समयमा संक्रमणकालको सही व्यवस्थापन गरेर देखाएका थिए । हुन पनि गोरा विरोधी तथा नोबेल शान्ति पुरस्कार विजेता डेसमन्ड टुटुले भने झैं ‘गहिरो रूपमा विभाजित देशलाई ऐक्यबद्ध बनाउन सक्नु’ मन्डेलाको सर्वाधिक र महत्वपूर्ण देन एवं योगदान रहेको थियो ।

संघीयताको विषयमा मण्डेलाले भनेका थिए, ‘संघीयता भनेको इन्द्रेणीजस्तै सबै रंग मिलेको हुनुपर्दछ, एकल जातीय संघीयताले जनतामा वैमनस्यता र फाटो ल्याउँछ ।’ त्यसैले त उनले दक्षिण अफ्रिकाको कूल जनसंख्याको मुस्किलले नौ प्रतिशत ओगट्ने अल्पसंख्यक गोरा (त्यो पनि सुरुमा धर्मको नाममा हातमा बाइबल लिएर आएका र आपैmँलाई शासन गर्ने जाति !) लगायत सम्पूर्ण अल्पसंख्यकहरू माथि भविष्यमा कुनै किसिमको सामाजिक विभेद र भेद्भाव गर्न नपाइने ‘मानवअधिकार’ को ग्यारेन्टीसहित ११ वटा स्थानीय भाषाहरूलाई राष्ट्र भाषाको रूपमा संविधानमै किटान गरेका थिए, जुन बकाइदा लागू भएको पनि छ । त्यस्तै विकेन्दीकरणलाई व्यवहारमै लागू गर्नका लागि तीन वटा प्रमुख सहरहरू प्रिटोरिया, केपटाउन र ब्लुमफाउन्टेनलाई देशको समानान्तर केन्द्रीय राजधानी कायम गरी ती तीनवटै राजधानीहरूमा क्रमशः राष्ट्रपति भवन, संसद् भवन र सर्वोच्च अदालत खडा गरेर विकेन्द्रीकरणको सिद्धान्त अनुरूप देशको सन्तुलित क्षेत्रीय विकासलाई पनि एकै साथ अगाडि बढाएर व्यावहारिक रूपमै उदाहरणीय काम गरेर देखाएका थिए, मन्डेलाले ।

तर, हाम्रो देश नेपालमा हेरौँ त ! विडम्बनाको कुरो, हाम्रो देश नेपालका ठूलो भनिएका दलका ठूला नेताहरूले भने आदिवासी जनजाति, महिला, दलित, मुस्लिम, मधेसी, पिछडिएको क्षेत्रलगायत अल्पसंख्यक जातजाति र समुदायमाथि सदियौंदेखि थोपरिएका जातीय, भाषिक, धार्मिक, लिंगीय, क्षेत्रीय विभेद, शोषण, दमन, उत्पीडन र बहिष्करणको अन्त्य गरी उनीहरूको इतिहास, ऐतिहासिक भूमि, जातीय स्वपहिचान, आत्मनिर्णयको अधिकार, मातृभाषा, स्व–धर्म, मौलिक भेषभूषा आदिको सम्मान गर्दै एवं आइएलओ महासन्धि–१६९, यूएनड्रिप लगायतका अन्तर्राराष्ट्रिय महासन्धि, अभिसन्धि र कानुनहरूले व्यवस्था गरेका प्रकृति–सम्मत अधिकारहरूको ग्यारेन्टी हुने गरी नेपालको राज्य पुनःसंरचना गर्नुपर्ने मागलाई स्वीकार गर्न नसकी विगत २४०–४५ वर्षदेखि लादिएको र, हालसम्म पनि कायमै रहेको ! एकल जाति, एकल धर्म, एकल भाषा र एकल संस्कृतिकै सोचअनुसार शासन सत्ताको निरन्तरताका लागि अनेक षड्यन्त्र गरी रहेभैmँ प्रतीत हुन्छ ।

हुन पनि त्यसैको चाँजोपाँचो मिलाउनकै लागि होला, विसं ०६४ को संविधानसभाको निर्वाचनमा अत्यधिक मतको अन्तरले दोस्रो, तेस्रो, चौथौ स्थान ल्याएर हारेका ठूलो भनिएका दलका ठूलै भनिने नेताहरूले संविधानसभा नै अवसान (विघटन) गराएको तथ्य घाम जतिकै छर्लंग छ । त्यो वेला देशका ठूलो भनिएको दलका ठूलै भनिने नेताहरूले यति हर्कत गरेर मात्रै नपुगेर उनीहरूले जातीय स्वपहिचान, पहिचानको सम्मान र आप्mनो अधिकारको रक्षार्थ आन्दोलनरत् जातजाति भाषाभाषी (जनता !) माथि नै ‘देशमा जातीय, धार्मिक र साम्प्रदायीक विद्वेष फैलाएको, सद्भाव भड्काएको !’ भनी लाञ्छित गर्ने र बदनाम गर्ने काममा समेत अग्रसर भएका थिए । नेल्सन मण्डेलाको भनाइ भने नेपालका नेताहरूको भन्दा ठीक उल्टो थियो । जस्तै उनले भनेका थिए ‘ठूला नेताले आफ्नो देशको शासन सत्ता हाँक्ने नयाँ पुस्ता तयार गर्नु पर्दछ र त्यसको जिम्मेवारी सुम्पनु पर्दछ ।’

नभन्दै मन्डेला सन् १९९० मा रिहा भएपछि सन् १९९१ मा एएनसीको सभापति भए । २७ अप्रिल, १९९४ मा सम्पन्न आमनिर्वाचनपछि सोही वर्षको मे १० का दिन दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति भए । गज्जबको कुरो, सन् १९९७ मा उनले थाबो उम्बेकीलाई पार्टी सभापतिको पद सहजै हस्तान्तरण गरे । र, सन् १९९९ को दोस्रो आमनिर्वाचन पूर्व नै आफू पुनः राष्ट्रपति नहुने सार्वजनिक रूपमै घोषणा गरे । नभन्दै सन् २००४ मा आएर मन्डेलाले सार्वजनिक जीवनबाटै सहज रूपमा सन्यास लिएका थिए । आजका दक्षिण अफ्रिकी नयाँ पुस्तालाई ‘मन्डेला जेनेरेसन’ भन्ने गरिन्छ ।

जब मन्डेला सत्तामा आए, आफ्ना असंख्य (काला समर्थक) र सहयोद्धाहरूको आग्रहको बावजूद पनि उनी र उनका सैकडौं सहयोद्धाहरूलाई निर्मम यातना दिने र हत्या गर्नेसम्मको कर्तुत गर्ने अल्पसंख्यक गोराहरूलाई समेत उनले कहिल्यै कुनै प्रकारको उचनीच र विभेद गरेनन् । जस्तो यहाँ एक उदाहरण दिऊँ ‘सन् १९९४ को आमनिर्वाचनमा एक स्थान पनि नजितेको इब्राहिम गोराको कम्युनिस्ट पार्टीबाट चार जना सांसद मनोनीत गरे । आफ्ना पूर्ववर्ती गोरा कावा राष्ट्रपति फ्रेडरिक विलियम डे क्लार्कलाई उपराष्ट्रपति बनाए । र, प्रत्यक्ष हिंसामा संलग्न ‘इन्काथा फ्रिडम पार्टी’का अध्यक्ष बुथेलेजीलाई गृहमन्त्री बनाए । धेरै काला जातिको नरसंहार गर्ने र प्रताडना दिने गोरा प्रशासक र कर्मचारीहरू थिए । तर, त्यस्तो कर्मचारीहरू कसैलाई पनि कुनै भेद्भाव नगरी राम्रै ओहदा र सम्मान दिए ।’ परिणामतः दक्षिण अफ्रिकी समाजमा विद्यमान गहिरो वैमनस्यता र विद्वेषको अन्त्य भई सामाजिक ऐक्यबद्धतासहितको समृद्ध राष्ट्र निर्माणको दिशामा अग्रसर भएको थियो ।
नेल्सन मन्डेलाको जन्म दिन १८ जुलाइमा भएको थियो भने उनी ०५ डिसेम्बर २०१३ मा देहवसान भएको थियो ।

प्रतिक्रिया