लेटाङको बुधबारेमा एन बि बैक

काठमाडौ । नेपाल वंगलादेश (एन बि) वैंकले मोरगको लेटाग नगरपालीकाको वुधवारे वजारमा ८ औ विस्तारित सेवा केन्द्रको सेवा सुरु गरेको छ । वुधवारे वजार लेटाग नगरपालीको वार्ड नम्वर १, २ र ३ तथा केरावारी गाउँपालीकाको वडा नम्वर ९ का लागी केन्द्रको रुपमा स्थापित भई वैंकिग पहुचवाट टाढा रहेको अवस्थामा लेटाग नगरपालीको अनुरोधका साथै ग्रमिण भेगमा वित्तिय पहुँच पु¥याइ हरेक नेपालीको एक वैंक खाता खोल्न सरकारको नितिलाई सघाउ पु¥याउने उदेश्यका साथ एक औपचारीक कार्यक्रमका विच वैकले आफ्नो सेवा केन्द्र संचालनमा ल्याएको हो । उक्त विस्तारित सेवा केन्द्रको सुभारम्भ प्रदेश नम्वर १, मोरग ख का प्रदेश सांसद उपेन्दै घिमिरेले गरेको पनि बैकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस बिस्तारित सेवा बाट यस भेगमा छरिएर रहेको पुँजिलाई एककिृत गर्न सघाउ पुग्नका साथै विदेशवाट प्राप्त हुने रेमिटान्स सोझै वैंक खातामा जम्मा हुने, चेक क्लियरिगद तथा व्यवसायजन्य कारोवारका लागि लागि अन्यत्र टाढा जान नपर्ने, सामाजिक सुरक्षा लगायत नेपाल सरकारवाट वंंैकिग प्रणालि मार्फत प्राप्त हुने सबै सेवा सजिलै प्राप्त गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया