महन्थ ठाकुरलाई भेट्न विप्लव पुगे ठाकुरकै निवासमा

काठमाडौं । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरको भेटवार्ता भएको छ । विप्लव र नेता खड्गबहादुर विश्वकर्मा ठाकुरलाई भेट्न शनिबार (आज) उनकै निवासमा पुगेका हुन् ।

विप्लवले पछिल्लो हप्ता विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाटलाई तीव्रता दिएका छन् ।

यसभन्दा अगाडि पनि विप्लवले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, निवर्तमान प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपाकै नेता डा. बाबुराम भट्टराई, राप्रपाका अध्यक्ष कमल थापा, मोहन वैद्य लगायतका नेताहरुलाई भेटिसकेका छन् ।

देउवा नेतृत्वको सरकार आएपछि विप्लवको विभिन्न पार्टीका नेताहरुलाई भेट्न दौडधुप चलेको छ । उनका केही नेता तथा कार्यकर्ताहरु अझै जेलमै छन् ।

प्रतिक्रिया