एघार किलो चरेससहित तीनजना पक्राउ

सर्लाही । जिल्लाको भारतीय सीमानाकासँग जोडिएको मलङ्ग्वा नगरपालिका – २ मा पर्ने झण्डा बजारबाट एघार किलो अवैध लागूऔषध चरेससहित तीन जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं. ११ बस्ने वर्ष ५९ का वीरबहादुर बल, मकवानपुरकै कैलाश गाउँपालिका – ५ मा बस्ने वर्ष २५ का सुकुराम पाख्रीन र जिल्ला काभ्रे नमोबुद्ध नगरपालिका – ११ बस्ने वर्ष २६ का सुकलाल तामाङ रहेको सशस्त्र प्रहरी स्रोतले बताएको छ ।

सशस्त्र प्रहरी बल जिल्ला भन्सार सुरक्षा पोस्ट मलङ्ग्वाबाट सशस्त्र प्रहरी नायव निरीक्षक (सई) चुनचुन सिंहको कमाण्डमा खटिएको टोलिले गस्ती गर्दै जाँदा शंका लागेर चेकजाँच गर्ने क्रममा शुक्रवार बिहान ९ः३० बजेको समयमा मलङ्ग्वा नगरपालिका – २ मा पर्ने झण्डा बजारबाट अवैध लागूऔषध चरेससहित तीनै जनालाई पक्राउ गरिएको हो ।

एक थान ब्याग र दुई थान ग्यालिनमा लुकाइराखेको एघार किलो अवैध लागुऔषध चरेससहित पक्राउ परेका तीनै जना व्यक्ति मलङ्ग्वा नगरपालिकाको झण्डा भजार हुँदै भेडियाही नाकाबाट भारततर्फ प्रवेश गर्न लागेका थिए ।

अवैध लागूऔषध चरेससहित पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि शुक्रवार नै जिल्ला प्रहरी कार्यालय मलङ्ग्वा सर्लाहीमा बुझाएको छ ।

प्रतिक्रिया