मेगा बैंक १२ औ बर्षमा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड १२ औं वर्षमा प्रवेश गरेको छ । बैंकले ११औँं वार्षिकोत्सवका अवसरमा आगामी ५ वर्षका लागि पाँच बर्षे रणनीतिक योजना तयार गरेको बैंकको अध्यक्ष भोज बहादुर शाहले बताएका छन । हलोदेखि हाइड्रोसम्मको नारा र अभियानका साथ बैंक स्थापना भएको भन्दै सोही अनुरूप सबैभन्दा बढी चुक्तापुँजी र सेयरधनी भएको बैंकको रूपमा मेगा बैंक स्थापना भएको अध्यक्ष शाहले बताए । उनले भने,‘नेपाल राष्ट्र बैंकले प्राथमिकता तोकेको कृषि, ऊर्जा, साना तथा मझौला उद्योग र विपन्न वर्ग कर्जाका साथसाथै आयात प्रतिस्थापन गर्ने, निर्यात प्रबर्धन गर्ने, उत्पादनमुलक तथा रोजगारमुलक उद्योग व्यवसायमा बैंकको लगानी केन्द्रित गर्छौँ ।’

उनले देशमा व्यापार तथा रोजगारी सिर्जना गर्नका लागि साना मझौला उद्योगको विकास, विस्तार र वित्तीय साक्षरता विकासका लागि मेगा बैंकले आगामी दिनमा अन्य संघसंस्थासँग मिलेर अभियान संचालन गर्न लागेको बताए । बैंककी सिईओ अनुपमा खुञ्जेलीले संस्थापक, सेयर धनी, संचालक समिति, ग्राहक, नियामक निकाय, कर्मचारीवर्ग र सरोकारवालाहरूको निरन्तर सहयोग र अटुट विश्वासका कारण ११ औँं वार्षिकोत्सवसम्म आइपुग्दा बैंकलाई समृद्ध र विशाल बनाउने यात्रामा सफलता हासिल गरेको बताइन् । बैंकले वित्तीय बजारमा छोटो समयमै अलगै पहिचान र ब्रान्ड बनाउन सफल भएकोमा खुसी लागेको उनको भनाई थियो ।

प्रतिक्रिया