नेपाल वायुसेवा निगमको जहाजले चीनबाट ल्यायो ८ लाख डोज ‘भेरोसेल’ खोप

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले आज चीनबाट ८ लाख डोज कोरोनाविरुद्ध (भेरोसेल) खोप नेपाल ल्याएको छ । नेपाल एयरलाइन्सको वाइडबडी बुधबार राति उक्त खोप लिनका लागि चीनतर्फ उडेको थियो । चीनको राजधानी बेइजिङबाट सो खोप आज काठमाडौं आइपुगेको हो ।

बुधबार राति ११ बजे नेपालबाट उडेको जहाज बिहीबार (आज) दिउँसो त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । यसअघि २५ असारमा चीनबाट पहिलो खेप खोप नेपाल आएको थियो ।

यो चीनसँग नेपालले किनेको खोप हो । चीनबाट थप खोप लिन आजै जहाज बेइजिङ उड्दैछ । उक्त जहाज राति ११ बजे बेइजिङतर्फ उड्ने भएको छ । यो जहाज शुक्रबार दिउँसो काठमाडौं आउने कार्यतालीका छ ।

प्रतिक्रिया