खड्कबहादुर केसीद्वारा एनआरएनए बेल्जियमको अध्यक्ष पदमा उम्मेदवारी

काठमाडौं । पर्वत जिल्ला जलजला गाँउपालिका – ८ नाग्लिबाङ निवासी खड्क बहादुर केसीले गैर आवासिय नेपाली संघ (एनआरएनए) बेल्जियमको अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

उनी बेल्जियमको स्थानिय सरकारसँग सिधा सम्पर्क गर्न सक्ने पहुँचवाला व्यक्ति पनि हुन् । केसी बेल्जियममा दुई दशकभन्दा बढी बसोबास गर्दै आएका छन् भने बेल्जियमको राजनीतिमा पनि उत्तिकै सक्रिय छन् । बेल्जियमको डच भाषामा डिप्लोमा गरेका योग्य उम्मेदवार केसी बेल्जियमा बसोबास गर्दै आईरहेका नेपालीहरुको शुख दुःखको सारथीसमेत बन्दै आएका छन् ।

नेपालमा बिबिएससम्मको अध्ययन गरेका केसी एक सफल व्यवसायी र सामाजिक अभियन्ताको रुपमा एक राजनीतिज्ञ पनि हुन् । केसी बेल्जियममा सन् २०१४ मा भएको स्थानिय निकायको निर्वाचनमा नगरपालिकाको सदस्य र बेल्जियमको केन्द्रिय सांसदको उम्मेदवार पनि दिएका थिए ।

एनआरएनए बेल्जियमको दुई कार्यकाल उपाध्यक्ष भएर समेत काम गरिसकेका बहादुर केसीले भूकम्पको बेलामा पनि भुकम्प पीडित नेपालीहरुको स्थायी बसोबासका लागि सांसदमा निवेदनपत्र पेश गरेका थिए ।

हाल कोरोनाको महामारीमा केसी कै नेतृत्वमा २५० जनालाई खोप लगाउन सफल भएका थिए । बेलाबेलामा बेल्जियममा समस्यामा परेका नेपालीहरको लागि कोठा भाडा तिर्ने र राहत वितरणको ब्यवस्था मिलाउने जस्ता सामाजिक कार्य गरेका उनै केसीले बेल्जियममा बस्ने नेपालीहरुका लागि स्वास्थ्य बीमा गर्न सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्य गरेका थिए ।

एनआरएनए बेल्जियमका अध्यक्ष पदका प्रत्यासी उम्मेदवार खड्क बहादुर केसीले आफूलाई अत्याधिक मत दिएर जिताउन अपील गर्नका साथै निर्वाचित भईसकेपछि बेल्जियमबासी नेपाली नागरीकहरुलाई कहिल्यै निरास नबनाउने प्रतिबद्धता जाहेर गरेका छन् ।

यस्ता केसीका प्रतिबद्धता

१ – नेपाली र नेपालीहरुको पहिचान खुल्ने गरी बेल्जियममा सांस्कृतीक भवन बनाउन पहल गर्ने ।
२ – युवा पुस्ताको मागहरुलाई सम्बोधन गरी संस्थाप्रति आकर्षीत गर्ने ।
३ – बेल्जियमका सबै नेपालीहरुका लागि फाईदाजनक अभियान चलाउने र एकताबद्ध गरी नेपालीहरुलाई आकर्षीत बनाउने ।
४ – मातृभुमीका लागी नेपालीहले बेल्जीयममा सिकेका सिप, ज्ञान, क्षमता र पुजीलाई नेपालको बिकाश अनी हितमा प्रयो गर्न सचेतना अभियान चलाउने ।
५ – मातृभूमि र नेपाली समाज बेल्जियमका लागि हित हुने खालका कार्यक्रम गर्ने,
६ – एनआरएनए केन्द्रको क्ःब्च्त् ल्च्ल्ब् अभियानलाई स्थापित गराउन पहल गर्ने ।
७ – नेपाली समुदायलाई बेल्जियमको स्थानिय समुदायसँग घुलमिल गराई समाजको हितमा काम गर्ने ।
८ – उच्च शिक्षा हासिल गरेर पनि भाषामा समस्यामा कारण राम्रो रोजलगारी नपाएका नेपालीहरुका लागि आवश्यक तालीम र सहयोगका लागि योगदान गर्ने ।

प्रतिक्रिया