अमेरिकामा ‘लेक्सिनटन दोहोरी’

काठमाडौं । अमेरिकाको केन्टकी राज्यको लेक्सिनटन सहरमा लोकदोहरी सांगीतिक कार्यक्रम ‘लेक्सिनटन दोहोरी’ सुरू भएको छ । नेपाली कला र संस्कृतिलाई संसारभर चिनाउने लक्ष्यका साथ निर्देशक सुमन दाहालको सक्रियतामा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा विष्णु डुम्रेको नेतृत्वमा हिम कुँवर, सन्दीप अर्याल, सीताराम अधिकारी, कुष्माखर भट्टराई, श्याम पराजुली, कृष्ण पराजुली र गायिकातर्फ सम्झना अधिकारी, सिर्जना मरासिनी, नर्वदा खरेल छन् ।

त्यस्तै गायिकातर्फ रूपा अर्याल, मञ्जु थापा, कल्पना अधिकारी, बबिता अधिकारी पराजुली, तुलसा सुवेदी, सरस्वती पाण्डे, शर्मिला सुवेदी, आरती थापा रहेका छन् । कार्यक्रमममा वाद्यवादनमा मादलमा गणेश खड्का, हर्मोनियममा सनातन रेग्मी, गिटारमा कृष्ण राना, तबलामा उद्धवराज उप्रेती छन् । कार्यक्रममा एनआरएनएका अमेरिका केन्टकी च्याप्टर अध्यक्ष केशवराज लोहनी, स्थानीय नेपाली संस्था फोनाका पूर्वअध्यक्ष रामप्रसाद खनाल र कवि डमरू पौडेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया