३८ व्यापारीक फर्मको कारोबार रोक्का

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को मापदण्ड विपरीत व्यापार गर्ने ३८ वटा व्यापारीक फर्मको कारोबार रोक्का गरेको छ । बजार अनुगमनका क्रममा व्यापारीले उपभोक्ता संरक्षण ऐन विपरीत व्यवसाय गरेको पाइएपछि विभागले ३८ वटा व्यापारीक फर्मको कारोबार रोक्का गरेको हो । विभागले आर्थिक वर्ष २०७७÷०७८ को एकवर्षको अवधिमा २ हजार ९ सय ७४ व्यापारीक फर्मको अनुगमन गर्दा ३८ वटा व्यापारीक फर्मको कारोबार रोक्का गरी १ हजार ३५ व्यापारीक फर्म कारबाही जानकारी गराएको छ । विभागले एक वर्षको अवधिमा १ हजार ३५ व्यापारीक फर्मलाई कारबाही गरी २ करोड ३९ लाख २८ हजार रुपैयाँ राजस्व असुली समेत गरेको छ ।

विभागका प्रवक्ता शिवराज सेढाइले १ हजार ५ सय ७९ व्यापारीक फर्मलाई तत्कालै सुधार गराइएको तथा सुधार गर्न निर्देशन दिएको बताए । उनले खान अयोग्य वा म्याद सकिएका ३ करोड ७३ लाख ८४ हजार ७०१ रकम बराबरको वस्तु नष्ट गरिएको बताए । विभागका प्रवक्ता सेढाइका अनुसार मापदण्ड विपरीत व्यवसायी गर्ने ३ वटा व्यापारीको साधन सहित नियन्त्रणमा लिएको छ भने ३७ वटा वस्तुको नमुना परिक्षणका लागि लिइएको छ ।

त्यसैगरी विभागका प्रवक्ता सेढाईले विभाग अन्र्तगतका विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढी कार्यालय बाट आव २०७७÷७८ को अवधिमा ४ हजार ७ सय ७९ फर्म तथा व्यवसायको अनुगमन गरिएको बताए । जसमध्येमा ५१ वटा व्यापारीक फर्मको कारोबार रोक्का गरीएको छ । १ हजार ३ सय ४७ फर्मलाई कारबाही गरी ३ करोड ३३ लाख ७० हजार जरिमाना छ । म्याद सकिएका खान आयोग्य ३ करोड ९८ लाख ५३ हजार २ सय ५९ रुपैयाँ बराबरका सामान नष्ट गरिएको छ । विभागले बजार अनुगमनका क्रममा उपभोक्ता संक्रमण ऐनमा व्यवस्था गरेको मापदण्ड अनुसार व्यवसाय नगरेको पाइएमा सो ऐनमा व्यवस्था गरे बमोजिम कसुर हेरेर ५ हजार देखि ३ लाख रुपैयाँ सम्म जरिमाना गर्ने गरेको छ ।

प्रतिक्रिया