खोजखबर

केन्द्रीय कमिटी र संसदीय दलमा बहुमत पुर्याएर ओलीलाई हटाउने विषयमा छलफल

सौर्य अनलाइन २०७८ साउन ५ गते २१:१२ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)को माधव नेपाल समूहमा साविकको पार्टी भित्रै आफूहरुको बहुमत पुग्ने भन्दै अध्यक्ष केपी शर्मा ओली बिनाको पार्टी बनाउन सकिने विषयमा छलफल भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदसँग वरिष्ठ नेता नेपालले मंगलबार गरेको छलफफलमा सांसदहरुले यस्तो सुझाव दिएका हुन् ।

केन्द्रीय सदस्य एवम् सांसद मेटमणि चौधरीले केही दिन पर्खिए केन्द्रीय कमिटी र संसदीय दलमा समेत आफूहरुको बहुमत पुग्ने र साविकको एमालेमै अध्यक्ष ओलीलाई हटाउन सकिने विषयमा छलफल भएको जानकारी दिए।

‘केन्द्रीय सदस्यहरुको राय सुन्दा १५ दिन भित्र एमालेको केन्द्रीय कमिटीमा बहुमत पुग्ने, संसदीय दलमा पनि बहुमत पुग्ने भएकाले त्यसबाट ओलीलाई हटाएर ओलीबाहेकको पार्टी गठन गर्ने भन्ने सुझाव आएको छ,’ संवाददाताहरुसँग उनले भने । सांसद विरोध खतिवडाले आफूहरुसँग ओलीपक्षबाट १४ जना सांसद थपिएको दावी गरे । उनले भने, ‘हिजो मदान गरेका साथीहरु देखिहाल्नु भयो, अरु पनि हामीसँग सम्पर्कमा हुनुहुन्छ ।’

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय