एस पटकको ओलम्पिकमा यू–२४ टिम ?

टोकियों । जापानमा टोकियो ओलम्पिक शुरु हुन अब केही दिन मात्र बाँकी छ । यही जुलाई २३ मा उद्घाटन हुने ३२औं संस्करणको गृष्मकालीन ओलम्पिकको फुटबल खेल भने त्यसको दुई दिन अघि नै शुरु हुनेछ । खेलकुदको महाकुम्भ मानिने ओलम्पिकमा अरु खेलमा स्टार खेलाडीले प्रतिस्पर्धा गर्छन् । तर फुटबलमा भने यू–२३ टिम अर्थात ओलम्पिक टिम खेलाइन्छ । पुरुषतर्फ मात्र यू–२३ टिम खेलाइन्छ ।

यही जुलाई २१ देखि अगष्ट ७ सम्म सञ्चालन हुने ओलम्पिक फुटबलमा पुरुषतर्फ साविक विजेता ब्राजिलसहित १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । यस्तै महिलातर्फ १२ टिमले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ साविक विजेता जर्मनी भने यस पटक छनोट भएको छैन । अहिलेसम्म हंगेरी र ग्रेट ब्रिटेनले सर्वाधिक ३–३ पटक ओलम्पिकमा स्वर्ण जितेका छन् भने अर्जेन्टिना, सोभियन युनियन र उरुग्वेले समान २ पटक स्वर्ण जितेका छन् । यस्तै महिलातर्फ अमेरिकाले सर्वाधिक ४ स्वर्ण जित्दा नर्वे र जर्मनीले समान १ पटक स्वर्ण जितेका छन् ।

फुटबल विश्वकै सबैभन्दा चर्चित खेल हो । फुटबलको आफ्नै फिफा विश्वकप हुन्छ । जसको चर्चा विश्वभर छ । त्यसैले फिफा विश्वकप र ओलम्पिकबीच सबैभन्दा महत्वपूर्ण प्रतियोगिता बन्ने होडबाजी हुन्छ । त्यसैले फिफाले विश्वकप विश्वकै ठूलो फुटबल प्रतियोगिता कायम राख्न ओलम्पिकमा सिनियर टिम खेलाउन रोकेको हो ।

सन् १९८४ मा यस नियमलाई केही खुकुलो बनाइयो । यदि कुनै खेलाडीले विश्वकप खेलेका छैनन् भने उसले ओलम्पिक खेल्न पाउने थियो । सन् १९९२ को बार्सिलोना ओलम्पिकमा खेल्नका लागि सबै खेलाडी २३ वर्ष मुनिको हुनुपथ्र्यो । तर सन् १९९६ को एटलान्टा ओलम्पिकमा भने २३ वर्ष माथिका ३ खेलाडी पनि राख्न पाउने नियम बनाइयो ।

अहिले पनि त्यही नियम कायम छ । यस पटक भने यू–२३ को सट्टा यू–२४ टिमले ओलम्पिक खेल्न पाउनेछन् । कोभिड–१९ का कारण ओलम्पिक एक वर्ष पछि सरेकाले एक वर्ष अघि नै खेल्न सक्ने खेलाडीलाई अहिले पनि अवसर दिइएको हो । इजिप्टले स्टार खेलाडी मोहम्मद सलाहलाई ओलम्पिक टिममा समावेश गर्ने आशा राखेको थियो । तर उनी खेल्ने क्लब लिभरपुलले सलाहलाई त्यसका लागि स्वीकृति नदिएको विभिन्न रिपोर्टमा जनाइएको छ ।

ओलम्पिक फिफा क्यालन्डरमा समावेश छैन । जसले गर्दा क्लबले ओलम्पिकका लागि खेलाडी रिलिज गर्नैपर्छ भन्ने बाध्यता छैन । क्लबले सधैं राष्ट्रको लागि खेल्ने बेला बुझेर खेलाडीलाई रिलिज गरे पनि ओलम्पिकमा गर्नैपर्छ भन्ने छैन ।
अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आईओसी)ले ओलम्पिकमा लगाउने युनिफर्ममा विभिन्न नियम बनाएको हुन्छ । देशको सिम्बोल मात्र जर्सीमा राख्न पाइनेछ । त्यसैले जर्सीमा राष्ट्रिय झण्डा वा टिमको एम्ब्लेम् मात्र राख्न पाइनेछ । तर नियमित राष्ट्रिय टिममा राखिने ब्याड्ज राख्न पाइने छैन ।

यसको अर्थ जर्सीमा राखिने प्रायोजकको लोगोहरु पनि ओलम्पिकमा राख्न पाइने छैन । ओलम्पिक मेडल्स एथ्लेटहरुको लागि मात्र वितरण गरिन्छ । अन्य फुटबल प्रतियोगितामा जस्तो कोचिङ स्टाफलाई दिँइदैन । तर २०१६ मा ब्राजिलका प्रशिक्षक रोजेरिओ मिकालले भने मेडल पाए । घरेलु मैदानमै भएको ओलम्पिकमा उनले आफ्नो उपलब्धिका लागि गोल्ड मेडलको रेप्लिका पाएका थिए ।

ओलम्पिक दुई साता मात्र चल्छ । त्यसैले धेरै समय हुँदैछ । फुटबल प्रतियोगिता गर्नका लागि धेरै समय चाहिन्छ । ओलम्पिकमा महिलातर्फ २६ र पुरुषको ३२ खेल हुन्छ । त्यसले गर्दा फुटबल टिमले खेलतालिका अनुसार विभिन्न शहरमा ट्राभल गर्नुपर्ने हुन्छ । दुई साताभित्रै यो सबै काम गर्न कठिन हुने भएकाले उद्घाटन अघि नै फुटबल शुरु हुन्छ ।

प्रतिक्रिया