चेल्सीको सानदार जित

मोरक्को । मोरोक्कोका विंगर हाकिम जियाचको ह्याट्रिक मद्दतमा च्याम्पियन्स लिग विजेता इंग्लिस क्लब चेल्सीले प्रि–सिजनको मैत्रीपुर्ण खेलमा सानदार जित दर्ता गरेको छ । पहिलो रोजाईका अधिकांश खेलाडी टोलीमा नरहेपनि थोमस टुचेलको चेल्सीले प्रि–सिजनको मैत्रीपुर्ण खेलमा पिटरबरोउमाथि ६–१ को सानदार जित हात पारेको हो । चेल्सीको जितमा जियाचले ह्याट्रिक पुरा गर्दा ट्याम्मी अब्राहम, क्रिस्टियन पुलिसिस र सब्सिच्युट अर्मान्डोले समान एक गोल गरे ।

युरोपियन च्याम्पियनसिप र कोपा अमेरिकाका कारण स्टार खेलाडीहरु अझै प्रशिक्षणमा सामेल भइसकेका छैनन् । सोही कारण टुचेलले पिटरबरोउविरुद्ध युवा खेलाडीलाई मौका दिएका थिए । चेल्सीले कोवहाममा प्रशिक्षण गरिरहेको छ । प्रि सिजनमा रोस बार्कलेले आश्चर्यचकित रुपमा खेल्ने अवसर पाए । उनले गत सिजन एस्टन भिल्लाबाट लोनमा खेलेका थिए । उनी आफ्नो लोन अवधि पुरा गर्दै चेल्सीमा फर्किएका हुन् । २७ वर्षीय बार्कलेले मैत्रीपुर्ण खेलमा उच्च प्रदर्शन गरेका थिए ।

ड्यानी ड्रिङ्कवाटरले १०७७ दिनपछि चेल्सीका लागि खेल्ने अवसर पाए । उनी टर्किस क्लब कासिमपासामा लोनमा पुगेका थिए । लोन अवधि पुरा भएपछि उनी चेल्सी फर्किएका थिए । उनले पनि मैत्रीपुर्ण खेलमा प्रशिक्षकको मन जित्न सफल भएका थिए । पिटरबरोविरुद्ध वेने कुमिङ, ट्रेभो चालोवाह, जाके क्लार्क साल्टर र मालाङ सारले खेलेका थिए ।

यस्तै लुकास बर्गस्ट्रोम, डेभिड जापाकोस्टा, मार्काे अलन्सो, ट्याम्मी अब्राहम, क्रिस्टियन पुलिसिस र कलुम हड्सन ओडोइले पनि खेल्ने अवसर पाएका थिए । जियाचको स्थानमा अर्मान्डो ब्रोजाले पनि खेल्ने अवसर पाएका थिए ।
चेल्सीले प्रि सिजनमा बर्नमाउथ, आर्सनल र टोटेनहमसँग खेल्ने तालिका छ । त्यसपछि तेल्सीले युइएफए सुपर कपमा स्पेनिस क्लब भिल्लारियलसँग खेल्नेछ । च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताबीच सुपर कप खेल्ने प्रावधान छ । चेल्सीले १४ अगस्टमा क्रिस्टल प्यालेससँग खेल्दै प्रिमियर लिग सुरुवात गर्नेछ ।

प्रतिक्रिया